आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा
विराटनगर । तिहारको तेस्रो दिन आज कुकुर पुजा र लक्ष्मी पूजा गरिदै छ । तिथिको घटबढका कारण आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा परेको हो ।
दशैँपछि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार हो । यमपञ्चक अर्थात् दीपावली पनि भनिने यो चाडमा कुकुर तिहार दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण आज तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार आज बिहान कुकुर पूजा गरेर ब...































