इटहरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० पानीपिया जंगलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परेर कारमा सवार इटहरी-१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा कार चालक सुनसरीको रामधुनी नगरपालिका...





























