सुनसरीको खनारमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
विराटनगर । सुनसरीको खनारमा यात्रुबाहक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट स्थानीय सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज साँझ इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले यादवलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनापछि आक्रोशित भीडले बसमा आगो लगाएको छ ।
चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको नेपाल प्रहर...































