तमोर करिडोर : सडक कालोपत्रे भयो, पुल बन्ने अत्तोपत्तो छैन

तमोर करिडोर : सडक कालोपत्रे भयो, पुल बन्ने अत्तोपत्तो छैन

धनकुटा । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोर अन्तरगत मोटरेवल पुल निर्माणमा ढिलासुस्ती भएको छ । बजेट अभावसँगै ठेकेदारको ढिलासुस्तीका कारण करिडोरमा पर्ने ८ वटा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको हो । सडक कालोपत्रे भएर सवारीसाधान सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोक खण्डमा पर्ने ११० किलोमिटर सडकमध्ये हालसम्म करिब ७३ किलोमिटर काल...
झापामा मकैबारीमा नवजात शिशु फेला, नाबालिका आमाको पहिचान

झापामा मकैबारीमा नवजात शिशु फेला, नाबालिका आमाको पहिचान

झापा । झापाको कमल गाउँपालिका-३ केर्खामा मकैबारीभित्र बेवारिस अवस्थामा नवजात शिशु फेला परेको छ । आज बिहान करिब ६ बजे स्थानीय लिलाराज थापाको घर नजिकैको मकैबारीमा नवजात शिशु फेला परेको हो । थापाले मकैबारीका नवजात शिशु देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरीको टोलीले शिशुको उद्धार गरेको थियो । शिशुको दमकस्थित बाल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेक...
एसईई दिने विद्यार्थीहरूको बिदाई

एसईई दिने विद्यार्थीहरूको बिदाई

विराटनगर ।  मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका कक्षा १० का ५० जना विद्यार्थीहरूको बिदाई गरिएको छ । चैत १९ गतेबाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल हुने विद्यार्थीहरूको बिदाई गरिएको हो । विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, शिक्षकहरू दिनेश बिष्ट, नवराज सुवेदी, बद्री पौडेल लगायतले विद्यार्थीहरूलाई उच्च मनोब...
सुनसरीमा तीव्र गतिको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा युवकको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा युवकको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । दुर्घटनामा दुहबी नगरपालिका-९ का २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको हो । गएराति प्र १-०२-०४८प ७९३८ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा मोटरसाइकल पछाडि सवार चौधरी गम्भीर घाइते भएका थिए । उनको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी च...
सुनसरीमा १३ वर्षीया नाबालिकामाथि कुटपिट गर्ने तीन जना पक्राउ

सुनसरीमा १३ वर्षीया नाबालिकामाथि कुटपिट गर्ने तीन जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ मा १३ वर्षीया नाबालिकामाथि भएको निर्घात कुटपिट घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । चैत १२ गते पुनर्वास क्षेत्रको बाइसबिघे जंगलमा नाबालिकामाथि कुटपिट गरिएको भिडियो बाहिरिएको थियो । भिडियो सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले अनुसन्धा...
विराटनगरमा प्रहरी हवल्दारको मृत्यु

विराटनगरमा प्रहरी हवल्दारको मृत्यु

विराटनगर । विराटनगरमा प्रहरी हबल्दारको मृत्यु भएको छ । रोलकलका क्रममा अचानक बिरामी परेका हबल्दार बैजुकुमार सहनीको मृत्यु भएको हो । विराटनगर-६ घर भएका हबल्दारको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सहनी भोजपुरको दोभाने देउराली दरबन्दी भई कोशी प्रदेश प्रहरी गण विराटनगरमा सवारी चालकका रूपमा कार्यरत थिए । प्रहरीका अनुसार गणका प्रमुख (एसपी) बाट रोलकल लिने क्रममा साँझ ७ः३०...
धनकुटामा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मालपोत प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनकुटामा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मालपोत प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनकुटा । धनकुटामा सरकारी जग्गा व्यक्तिको नाममा कायम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको  छ । मालपोत कार्यालय धनकुटाका तत्कालीन प्रमुख सुरेश थपलियासहितका कर्मचारी र जग्गाधनी मिलेर सरकारी सम्पत्ति हिनामिना गरेको ठहर गर्दै अख्तियारले आइतबार आरोपपत्र दर्ता गरेको हो । अख्तियारले तत्कालीन मालपोत प्रमुख थपलिया, शाखा अधिकृत टंकप...
विराटनगरमा घर निर्माण प्रदर्शनी : स्मार्ट घर र आधुनिक जीवनशैलीबारे छलफल

विराटनगरमा घर निर्माण प्रदर्शनी : स्मार्ट घर र आधुनिक जीवनशैलीबारे छलफल

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरस्थित जैन भवनमा जारी प्रदर्शनीको चौथो दिनको थिमेटिक सेसनमा स्मार्ट घर र आधुनिक जीवनशैलीबारे छलफल भएको छ । आजको थिमेटिक सेसनको ‘विद्युतीय सुरक्षा र ऊर्जा दक्षता’ सत्रमा बोल्दै इन्जिनियर वसन्त राज ओझाले विद्युतीय उपकरणको चयन र खरिद गर्दा उक्त उपकरणबारे पर्याप्त जानकारी भए सो कुराले ऊर्जा जोगाउन भूमिका खेल्ने बताए । उनले ऊर्जा दक्षताका लागि उपयुक्त ...
अध्यक्ष ओली पक्राउको विरोधमा धनकुटामा एमालेको प्रदर्शन

अध्यक्ष ओली पक्राउको विरोधमा धनकुटामा एमालेको प्रदर्शन

धनकुटा । धनकुटामा नेकपा एमालेले प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएपछि देशभरसँगै धनकुटामा पनि एमालेले प्रदर्शन गरेको हो । आज प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय पुगेर एमालेले धनकुटाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्रमा सरकारले राजनीतिक प्रतिशोधका आधारमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाइएको छ । ...
जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा एमालेको प्रदर्शन

जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा एमालेको प्रदर्शन

विराटनगर । नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पक्राउको विरोधमा एमालेले देशभरसँगै विराटनगरमा पनि प्रदर्शन गरेको हो । पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनमा उत्रिएका एमाले नेता कार्यकर्ताले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् । उनीहरूले ...
विराटनगरमा तास खेलिरहेको अवस्थामा वडा सदस्य र व्यापारी पक्राउ

विराटनगरमा तास खेलिरहेको अवस्थामा वडा सदस्य र व्यापारी पक्राउ

विराटनगर । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले एक जनप्रतिनिधि र व्यापारीसहित नौ जना पक्राउ गरेको छ । शनिबार राति विराटनगरस्थित वंशी राठीको घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२ का वडा सदस्य शेरसिंह दुगडसहित प्रतिष्ठित व्यवसायीहरू सुशील मुन्दडा, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, महेश रा...
विराटनगरमा घर निर्माण प्रदर्शनी : वास्तु र इन्टेरियर डिजाइनबारे छलफल

विराटनगरमा घर निर्माण प्रदर्शनी : वास्तु र इन्टेरियर डिजाइनबारे छलफल

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा जारी घर निर्माण प्रदर्शनीको थिमेटिक सेसनमा वास्तु र इन्टेरियर डिजाइनबारे छलफल भएको छ । विराटनगरस्थित जैन भवनमा सम्पन्न तेस्रो दिनको थिमेटिक सेसनमा विज्ञहरूको उपस्थितिमा ‘स्मार्ट डिजाइन : वास्तु, इन्टेरियर डिजाइन र प्राविधिक योजना’ थिममा अन्तरक्रिया र छलफल भएको हो । ‘इन्टेरियर डिजाइन अवधारणा : स्पेस प्लानिङ्ग, उपयोगिता र सौन्दर्य’ शीर्षकमा बोल्...
धनकुटाको पाख्रीबासमा साहित्यिक वर्षा

धनकुटाको पाख्रीबासमा साहित्यिक वर्षा

धनकुटा । धनकुटाको पाख्रीबास स्थिति पर्यटकीय स्थल संसारी सिमसार क्षेत्रमा साहित्यको वर्षा भएको छ । साहित्यको उत्थान र संरक्षण गर्ने उद्देश्यले शनिबार पाख्रीबास कला साहित्य समाजको आयोजना रचना वाचन कार्यक्रम आयोजना गरिएको हो । धनकुटामा पछिल्लो समय कवि तथा साहित्यकारहरूको बाक्लो उपस्थित हुन थालेको छ । कार्यक्रममा करिब तीन दर्जन कवि तथा साहित्यकारहरूले रचना वाचन गरेको थिए । उनीहरूले गजल, मुक्तक, छन...
विराटनगर जेसीजद्वारा परमार्थ सिङ्घिया आरतीलाई कुर्सी हस्तान्तरण

विराटनगर जेसीजद्वारा परमार्थ सिङ्घिया आरतीलाई कुर्सी हस्तान्तरण

विराटनगर । राम नवमीको अवसरमा विराटनगर जेसीजले सिङ्घिया नदी परोपकार घाटमा हुँदै आएको परमार्थ आरती लाई २१ थान कुर्सी हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित सन्ध्या आरतीमा कुर्सी हस्तान्तरण गरिएको हो । विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले जेसीजले नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व र धार्मिक सांस्कृतिक संरक्षणलाई पनि समान रूपमा अघि बढाउँदै आएको बताए । परमार्थ आरतीका उपाध्यक्ष नवराज काफ्लेले आ...
विराटनगरमा एमालेको प्रदर्शन 

विराटनगरमा एमालेको प्रदर्शन 

विराटनगर । नेकपा एमालेले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएपछि त्यसको विरोधमा एमालेले विराटनगरमा प्रदर्शन गरेको हो । पार्टी कार्यालय पाञ्चालीबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई एमाले मोरङका उपाध्यक्ष सागर थापा, केन्द्रीय सदस्य पर्शुराम बस्नेत लगायतले सम्बोधन गरेका छन् । उनीहरूले अध...
धनकुटामा माटोको ढिस्कोले पुरिएका व्यक्तिको उद्धार

धनकुटामा माटोको ढिस्कोले पुरिएका व्यक्तिको उद्धार

धनकुटा । धनकुटामा माटोको ढिस्कोले पुरिएका व्यक्तिको प्रहरीले उद्धार गरेको छ । आज बिहान १० बजे परिचय मोडस्थित सुमन श्रेष्ठको घरको जग खन्ने क्रममा धनकुटा-१० पारिपात्लेका ३५ वर्षीय रामबहादुर तामाङ माटोको ढिस्कोमा पुरिएका थिए । घटनाको जानकारी पाउनसाथ धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीको कमान्डमा खटिएको ३५ जनाको टोलीले उनको उद्धार गरेको हो । गम्भीर अवस्थामा उद्धार गरिएका उनको जिल्ल...
अध्यक्ष केपी शर्मा ओलीलाई बिनासर्त तत्काल रिहा गर्न एमाले कोशी प्रदेशकाे माग

अध्यक्ष केपी शर्मा ओलीलाई बिनासर्त तत्काल रिहा गर्न एमाले कोशी प्रदेशकाे माग

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ । एमाले कोशी प्रदेशले अध्यक्ष ओलीसहित पक्राउ परेका नेताहरूलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । सरकारको यस्तो प्रतिशोधपूर्ण कार्य तत्काल बन्द नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी विज्ञप्तिमा कथित...
विराटनगरको नेपाल बिजनेश कलेजले लाइभ कन्सर्ट गर्दै

विराटनगरको नेपाल बिजनेश कलेजले लाइभ कन्सर्ट गर्दै

विराटनगर । विराटनगरको नेपाल बिजनेश कलेजले आगामी अप्रिल १० तारिखमा लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ । जैन भवनमा हुने कार्यक्रममा ‘एमटि ८८४८’ ब्यान्डको प्रस्तुती रहने कलेजले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो शैक्षिक पाठ्यक्रमको प्रयोगात्मक अभ्यासका रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन् । कन्सर्टको यो तेस्रो संस्करण हो । कलेजकी निर्द...
मोरङ, झापा र सुनसरीबाट पन्छीजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध

मोरङ, झापा र सुनसरीबाट पन्छीजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध

विराटनगर । मोरङ, सुनसरी र झापाका विभिन्न कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि प्रशासनले उच्च सतर्कता अपनाउँदै पन्छीजन्य पदार्थको ढुवानीमा रोक लगाएको छ । रोग पुष्टि भएका क्षेत्रहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका कार्यहरू अघि बढाइएकाले संक्रमण थप फैलिन नदिन प्रशासनले कडाइ गरेको हो । पशु सेवा विभागको पछिल्लो निर्णयअनुसार संक्रमण देखिएका मोरङ, झापा र सुनसरी जिल्लाहरूबाट कम्...
रामनवमी कप भलिबल : रामप्रसादराई गाउँपालिका र कनकाई नगरपालिका फाइनलमा

रामनवमी कप भलिबल : रामप्रसादराई गाउँपालिका र कनकाई नगरपालिका फाइनलमा

धनकुटा । भोजपुरको रामप्रसादराई गाउँपालिका र झापाको कनकाई नगरपालिका धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । हिले भलिबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिता अन्तरगत आज भएको सेमीफाइनल खेलमा रामप्रसादराई गाउँपालिकाले धनकुटाको पाख्रीबास नगरपालिकालाई र झापाको कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्द...
विराटनगरमा सुरु भयो घर निर्माण सम्बन्धी प्रदर्शनी, १६ गतेसम्म के-के हुन्छ ?

विराटनगरमा सुरु भयो घर निर्माण सम्बन्धी प्रदर्शनी, १६ गतेसम्म के-के हुन्छ ?

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा आजदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । जैन भवनमा आयोजना गरिएको प्रदर्शनीको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्‌घाटन गरेका छन् । मुख्यमन्त्री कार्कीले घर निर्माणका सन्दर्भमा आम उपभोक्तालाई सही जानकारी दिन यस्ता कार्यक्रमले ठुलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनले प्रदेशमा व्यवस्थित प्रदर्शनी स्थल एक्स्पो सेन्टरको अभा...
धनकुटा नगरपालिकाको १७ औं नगरसभा, दुई वटा ऐन स्वीकृति

धनकुटा नगरपालिकाको १७ औं नगरसभा, दुई वटा ऐन स्वीकृति

धनकुटा । धनकुटा नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ । बुधबार नगरप्रमुख चिन्तन तामाङको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो । नगरसभाबाट विज्ञापन ऐन २०८२ र आर्थिक कार्यविधि तथा  वित्तीय उत्तरदायित्व विधेयक २०८२ स्वीकृत भएको नगरपालिकाका योजना, प्रशासन तथा अनुगमन शाखा प्रमुख सीताराम गौतमले जानकारी दिए । यस्तै संशोधित विनियोजन ऐन २०८२ पनि स्वीकृति भएको उनले बताए ।
धरानबाट गाँजासहित धनकुटाका दुई जना पक्राउ

धरानबाट गाँजासहित धनकुटाका दुई जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० विष्णुपादुकाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का १९ वर्षीय शिखर राई र विश्व राई छन् । प्रदेश १-०२-०५४ प ०९४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई १७ किलो गाँजासहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा र...
सुनसरीमा बर्डफ्लु संक्रमण : ८ वटा फार्मका कुखुरा र अण्डा नष्ट

सुनसरीमा बर्डफ्लु संक्रमण : ८ वटा फार्मका कुखुरा र अण्डा नष्ट

सुनसरी । मोरङसँगै सुनसरीमा पनि बर्डफ्लु संक्रमण फैलिएको छ । हालसम्म इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका र गढी गाउँपालिकाका ८ वटा फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । ती फर्महरूमा भएका कुखुरा र अण्डा नष्ट गर्नुका साथै खोर सरसफाइको काम भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ । कार्यालयका अनुसार अनुसार इटहरी-१९ स्थित ओकेओ कृषि प्रालिमा ११ हजार २० कुखुरा र ११ हजा...
हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि इलाममा हुँदैछ रेडपाण्डा महोत्सव

हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि इलाममा हुँदैछ रेडपाण्डा महोत्सव

विराटनगर । हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि इलामको सन्दकपुरमा रेडपाण्डा महोत्सव हुने भएको छ । वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट इलामको पर्यटन प्रवर्द्धन गर्न सन्दकपुर गाउँपालिकाको आयोजनामा तेस्रो रेडपाण्डा महोत्सव हुन लागेको हो । महोत्सव चैत २० बाट २३ गतेसम्म हुने महोत्सव आयोजक समितिका संयोजक सनम राईले जानकारी दिए । विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक रा...
कोशी मन्त्रिपरिषद् बैठक : विपद् कोषमा १५ करोड जम्मा गर्ने निर्णय

कोशी मन्त्रिपरिषद् बैठक : विपद् कोषमा १५ करोड जम्मा गर्ने निर्णय

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छ वटा निर्णय गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरिएको छ । त्यस्तै प्रदेश सरकारले २०८३ सालमा दिने सार्वजनिक सार्वजनिक बिदा पनि स्वीकृत गरेको छ ।  वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको निर्धारण गरिएको सीमा स्वीकृत गर...
मोरङको कानेपोखरीमा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

मोरङको कानेपोखरीमा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा कानेपोखरी गाउँपालिका-७ का ५८ वर्षीय वीरेन्द्र कार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार को १ ख ६३३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहान ७ः४० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्र...
विराटनगरमा पेट्रोल छर्किएर महिलाले शरीरमा आगो लगाइन्, सिलिन्डर विस्फोट भएको भन्दै ढाँटियो

विराटनगरमा पेट्रोल छर्किएर महिलाले शरीरमा आगो लगाइन्, सिलिन्डर विस्फोट भएको भन्दै ढाँटियो

विराटनगर । विराटनगर-१४ जतुवामा ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएकी भनिएकी महिलाले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएको खुलेको छ । आज बिहान करिब १० बजेतिर ४२ वर्षीया निर्मला खत्रीले शरीरमा पेट्रोल खन्याएर आगो लगाएको खुलेको हो । आगो निभाउने क्रममा छोरा १९ वर्षीय धीरज पनि घाइते भएका छन् । निर्मलाको शरीरको करिब १८ प्रतिशत भाग जलेको छ भने छोरा धीरजको करिब ५ प्रतिशत शरीरको भाग जलेको प्रहरीले जना...
धरानमा युवतीमाथि बलात्कार र लुटपाटको आरोपमा सफारी चालक पक्राउ

धरानमा युवतीमाथि बलात्कार र लुटपाटको आरोपमा सफारी चालक पक्राउ

विराटनगर । सुनसरीको धरानबाट युवतीलाई अपहरण गरी बलात्कार तथा लुटपाट गरेको आरोपमा सिटी सफारी चालक पक्राउ गरेका छन् । चैत ६ गते साँझ १७ वर्षीया युवतीलाई अपहरण गरेर बलात्कार र लुटपाट गरेको आरोपमा सफारी चालक सुनसरीको रामधुनी नगरपालिका-२ का २६ वर्षीय रोशन विश्वकर्मा पक्राउ परेका हुन् । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ गोठगाउँस्थित मावली घरबाट आफ्नो पुरानो कपडा लिन धरानस्थित घर आएकी युवतीलाई सफारीमा लि...
मोरङका चार स्थानीय तहमा बर्डफ्लु : पंक्षीजन्य वस्तुको ओसार-पसारमा प्रतिबन्ध

मोरङका चार स्थानीय तहमा बर्डफ्लु : पंक्षीजन्य वस्तुको ओसार-पसारमा प्रतिबन्ध

विराटनगर । मोरङका चारवटा स्थानीय तहका कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । सुन्दरहरैँचा नगरपालिका-४, उर्लाबारी नगरपालिका-८, कटहरी गाउँपालिका-६ र विराटनगर-४ मा बर्डफ्लु पुष्टि भएको हो । प्रयोगशाला परीक्षणबाट संक्रमणको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले उक्त क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बर्डफ्लु मानिसमा समेत सर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बर्डफ्लु नि...
पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल भाँचिए

पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल भाँचिए

पाँचथर । पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुईवटा पुल भाँचिएका छन् । मंगलबार राति आएको बाढीले पाँचथरको याङ्बरक गाउँपालिका-२ स्थित मेवाखोला र ताप्लेजुङको नेरुवा खोलामा निर्माण भइरहेका पुल भाँचिएका हुन् । प्राविधिकहरूका अनुसार अचानक आएको बाढीले सपोर्ट कमजोर पारेपछि पुल भाँचिएका हुन् । पाँचथरस्थित मेवाखोलामा निर्माणाधीन ४० मिटर लामो पुलको करिब ९० प्रतिशत काम सम्पन्न भएको थियो । मध्यपहाडी लोकमार्ग ...
error: Content is protected !!