कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय गरिने भएको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार दलको बैठकले यसबारे निर्णय गर्दैछ । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका र्छौं’ उनले संगालोखबरसँग भने, ‘अब प्रतिपक्षमा बसेर आफ्नो भूमिका न...