वातावरण जोगाउन भूमिका खेल्ने संस्थालाई विराटनगर महानगरपालिकाद्वारा सम्मान
विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउने दुई संस्थालाई सम्मान गरेको छ ।
आज महानगर परिसरमा आयोजित कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवर्द्धन तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रीन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो ...






























