बिराटनगरमा खाना पकाउने ग्याँसको कालोबजारी गर्ने एक जना पक्राउ
सांकेतिक तस्वीर
बिराटनगर । बिराटनगरमा खाना पकाउने ग्याँसको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१४ मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल चलाउँदै आएका मनिष यादवलाई ग्याँसको कालोबजारी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
यादवले एउटा सिलिण्डरमा रहेको ग्याँस अर्को सिलिण्डरमा सारेर ग्याँसको तौल कम गरी बिक्री गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोर...




























