प्रहरीमा जागिर खान नक्कली परीक्षार्थी प्रयोग, एक जना पक्राउ
मोरङ । बिराटनगरमा प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–१ का १८ बर्षीय बिल्साद आलम छन् ।
बिराटनगर महानगरपालिका–४ स्थित गोग्राहा माध्यमिक बिद्यालयमा तोकिएको परीक्षा केन्द्रमा परीक्षा दिईरहेको अवस्थामा सोमबार दिउँसो आलम पक्राउ परेका हुन् । लोकसेवा आयोगको कार्यालय धनकुटाले लिएको लिखित परीक्षामा उ...




























