२०७४ कार्तिक १५
झापा, १५ कात्तिक । दक्षिणी झापाका किसानलाई यतिवेला हात्तीबाट धानबाली कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ । धान पाक्न थालेसँगै हात्तीको रजाइँ सुरु भएपछि किसान चिन्तित बनेका हुन् ।
भारतीय जंगली हात्ती मेची नदी पार गर्दै नेपाल छिर्ने क्रम अझै रोकिएको छैन । नेपाल पसेका १३ वटा हात्तीले झापाको दुवागढी, ज्यामिरगढी, चन्द्रगढी, पृथ्वीनगर, बालुबाडी, केचना, गरामनी, हल्दिबारी, जलथल, पथरिया, घेरावारीलगायत ...