ताप्लेजुङ, १६ कात्तिक । नेकपा एमाले सचिव योगेश भट्टराईले बामपन्थि गठवन्धनको हौवा खडा गरेर मुलुकलाई दक्षिणपन्थि अतिवाद तर्फ लैजान खोजिएको बताउनुभएको छ ।

Advertisement

प्रेश चौतारी ताप्लेजुङले सदरमुकाम फुङलिङमा आज विहान आयोजना गरेको पत्रकार  सम्मेलनमा बोल्दै एमाले प्रचार विभाग प्रमुख समेत रहनु भएका भट्टराईले देश भित्रका केही शक्तिहरुले मुलुकलाई दक्षिणपन्थि अतिवाद तिर धकेल्न खोजेको आरोप लगाउनुभयो ।

अन्तराष्ट्रिय शक्तिलाई समेत प्रयोग गरेर दक्षिणपन्थि अतिवाद तर्फ धकेल्न खोजिए पनि नेपाल यो दिशा तिर जान नसक्ने भन्दै उहाँले बाम गठवन्धन यसका विरुद्ध लड्न तयार रहेको  बताउनुभयो ।

यस्तै उहाँले प्रजातन्त्रका निम्ति कांग्रेस भन्दा अघि बढेर लढ्ने कम्युनिष्ट भएको दावी गर्दै अव मुलुकलाई अग्रगामी दिशा दिनका लागि बामगठवन्धनको विकल्प नभएको पनि प्रष्ट पार्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!