झापा, १५ कात्तिक । झापा  विर्तामोड नगरपालिका– २ स्थित अन्धुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

Advertisement

मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्ण लिम्बू रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बिर्तासिटी हस्पिटल लैजाने क्रममा मंगmवार बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लाग्दा सोही ठाउँका १८ वर्षीय अबिशेक राई , १९ बर्षिय बिमल रेग्मी, र आभाष राई घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!