इटहरी, १५ कात्तिक । इटहरीमा करिव दुई करोडको लगानीमा एचएफसी रेस्टुरेन्ट सञ्चालन भएको छ ।

काठमाण्डौमा थ्रीसी हस्पिटालिटिले सञ्चालन गर्दै आएको एचएफसी रेस्टुरेन्टले पूर्वमा पहिलो पटक इटहरीको पश्चिम रोड स्थित सुर्य कम्प्लेक्सको तल्लो तलामा शाखा बिस्तार गरेको हो ।

Advertisement

स्वादका पारखीहरुलाई लक्षित गरी सञ्चालन गरिएको रेस्टुरेन्टमा बिभिन्न परिकारका चिकन, बर्गर लगायत भेज तथा ननभेज परिकारहरू उपलब्ध हुँने रेस्टुरेन्टका हेड अफ अपरेसन अरूण चौधरीले बताएका छन ।

उनका अनुसार बिशेष गरी हिमाली भेगमा पाइने हब्सहरूको समिश्रण गरी स्वास्थ्यलाई समेत फाईदा पुर्याउँने परिकारहरू उपलब्ध गराईनेछ । ‘ग्राहकहरुका लागि हामीले बिशेष अफर पनि ल्याएका छौ ।’

चौधरीले भने ‘प्रत्येक मंगलबार २ बर्गर किन्दा एक फ्री, प्रत्येक दिन बिहान ११ र राती ८ बजेदेखी बेलुका १० बजेसम्म २० प्रतिशत छुट गर्ने र बिद्यार्थीहरूलाई थप ५ प्रतिशत छुटको ब्यवस्था छ ।’

त्यस्तै प्रत्येक दिन फेमिली मिट अफर अन्र्तरगत १० पिस चिकेन आइटमको खरिदमा २ प्लेट बिर्यानी, एक लिटरको कोकाकोला सित्तैमा प्रदान गरिने रेस्टुरेन्टले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!