- संगालोखबर सम्वाददाता

धनकुटा, १५ कात्तिक । धनकुटामा बाम गठबन्धनका उम्मेद्वारको जित सुनिश्चित भएको गठबन्धन संबद्ध दलका नेताहरुले दावी गरेका छन । धनकुटामा आज संयुक्त पत्रकार सम्मेलन गरी गठबन्धन संबद्ध एमाले र माओवादी केन्द्रका नेताहरुले आगामी मंसिर २१ गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको जित सुनिश्चित भएको दावी गरेका हुन ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष एवं गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र राईले बाम गठबन्धनका सवै उम्मेद्वारलाई मतदान गर्न जिल्लाबासीलाई आवहन गरेका छन । अव बामपन्थीहरुको बहुमतबाट मात्रै देशले निकास पाउँने दावी गर्दै राईले बाम गठबन्धनका उम्मेद्वारलाई मतदान गरी आफ्नो क्षेत्रको विकासको ढोका खोल्न धनकुटाबासीलाई आवहन गरेका हुन ।

Advertisement
धनकुटामा बाम गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलन । तस्वीर : रबिन कटेल/संगालोखबर

 त्यस्तै माओवादी केन्द्रका इन्चार्ज उज्वल किरातीले बामपन्थीदलको चुनावी तालमेलसँगै मुलुकको राजनीतिले सकारात्मक बाटो पाएको दावी गर्दै धनकुटामा बाम गठबन्धनले उठाएका साझा उम्मेद्वारलाई मतदान गर्न सवैमा अपिल गरे ।

यता एमालेका उपाध्यक्ष दुर्गा लिंखा र माओवादी केन्द्रका सह–संयोजक ऋषिराम ढुंगानाले पनि बाम गठबन्धनले उठाएका साझा उम्मेद्वारलाई मतदान गर्न आ–आफ्नो पार्टी संबद्ध नेता, कार्यकर्ता, सुभेच्छुकसहित सम्पूर्ण धनकुटाबासीमा आवहन गरेका छन ।

पत्रकार सम्मेलनमा बोल्ने चारै जना नेताहरुले कम्युनिष्टको किल्लाको रुपमा रहदै आएको धनकुटामा अव बाम तालमेल पश्चात जितको थप सुनिश्चिता भएको जिकिर गरेका छन । धनकुटालाई प्रादेशिक राजधानी बनाउँन, जिल्लाको विकासलाई गति दिन र सवैको हितका लागि बम गठबन्धनका उम्मेद्वारलाई मतदान गर्नुको विकल्प नरहेको उनीहरुको भनाई छ ।

गठबन्धनका सवै चुनावी कार्यक्रम संयुक्त रुपमा हुँने

बाम गठबन्धन संबद्ध दल नेकपा एमाले र माओवादी केन्द्रले धनकुटामा संयुक्त चुनावी कार्यक्रम गर्ने घोषणा गरेका छन । संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो घोषणा गरेका हुन । सोही बिषयमा एमालेका अध्यक्ष राजेन्द्र राई र माओवादी केन्द्रका ईन्चार्ज उज्वल किरातीले संयुक्त प्रेस बक्तब्य पनि जारी गरेका छन ।

बक्तब्यमा संयुक्त निर्वाचन परिचालन कमिटि निर्माण गर्ने, जनबर्गीय संगठनहरु संयुक्त रुपमा परिचालन गर्ने, बिभिन्न भेला बैठक र जिल्लाको सवै तह, वार्ड र टोलस्तरसम्म निर्वाचन केन्द्रित प्रचार–प्रसार र अन्य विविध कार्यक्रमहरु पनि संयुक्त रुपमा गर्ने उल्लेख छ ।

बिहिबार हुँने उम्मेद्वारी मनोनयन दर्ता कार्यक्रम पनि संयुक्त रुपमा हुँने र समयानुसार तय हुँने सम्पूर्ण कार्यक्रम पनि संयुक्त रुपमा गरिने गठबन्धनले जनाएको छ ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फ संयुक्त बाम गठबन्धनका उम्मेद्वारलाई सूर्य चिन्हमा मतदान गर्न र समानुपातिक तर्फ आ–आफ्नो चुनाव चिन्हमा मतदान गर्न पनि गठबन्धनले आवहन गरेको छ ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित यो समाचार पनि पढ्नुहोस् ….

धनकुटामा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त सचिवालय निर्माण

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!