विराटनगर, १५ कात्तिक । नेपाल सरकारले वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत मोरङको पहाडी गाउँपालिका मिक्लाजुुङमा –१ मा सोलार मिनी ग्रिड स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
सोलार मिनी ग्रिडबाट उत्पादन गरिएको बिजुलीबाट यस क्षेत्रका ७० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । मिनी ग्रिड सञ्चालनमा आएपछि अहिले सबैको घर तथा सडकमा पोल राखेर सौर्यबत्ती जडान गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गदेखि ५० किलोमिटर उत्तरमा रहेको सो पहाडी क्षेत्रमा धेरै प्रयास गरिए पनि राष्ट्रिय प्रसारण लाइन पुुग्न नसकेपछि सोलार बत्तीका लागि मिनी ग्रिड स्थापना गरिएको हो ।
पर्यटकीय क्षेत्रको रूपमा चिनिने रमिते बजारमा सोलारबाट बिजुुली आएपछि जीवनस्तरमा समेत सुुधार आउन थालेको सर्वसाधारणको भनाइ छ ।
टुुकी र लालटेनको साहारमा जीवनयापन गर्दै आएका सर्वसाधारण सोलारबत्तीका कारण गाउँ नै झलमल्ल भएपछि उत्साहित छन् । १ करोड ६० लाख रुपैयाँको लागतमा सोलार मिनी ग्रिड स्थापना भएको हो ।
१५ वर्षदेखि सो ठाउँमा होटल सञ्चालन गर्दै आएकी कर्णमाया राईले सोलारबाट बिजुली आएपछि जीवनयापन सहज भएको बताइन् । होटेल सञ्चालनदेखि साँझबिहान हिँड्नसमेत अब सजिलो भएको उनको भनाइ थियो । सो स्थानमा एकदर्जनभन्दा बढी होटल छन् । गर्मीयाममा पनि त्यहाँको मौसम चिसो हुुने भएकाले पनि रमितेलाई पर्यटकीय क्षेत्रको रूपमा चिनिन्छ ।
त्यस्तै, सोही ठाउँका भोला लुुइँटेलले पनि विद्युुत् आएसँगै छोराछोरी पढाउनदेखि सबै काम गर्न सहज भएको बताए । सोलार आएपछि प्रत्येक विद्यालय तथा बोर्डिङहरूमा कम्प्युुुटर तथा इन्टरनेटसमेत सञ्चालनमा आउन थालेको उनले बताए ।
राष्ट्रिय प्रसारण लाइन पुुग्न नसकेको रमिते बजारमा ३० किलोवाटको सोलार मिनी ग्रिड सञ्चालनमा आएको हो । जिल्ला समन्वय समिति मोरङको सहयोगमा २ वर्षअघि मिनी ग्रिडको निर्माण सुरु भएको थियो ।
मिनी ग्रिड उपभोक्ता समितिका अध्यक्ष पर्वत राईले सोलार सञ्चालनमा आएपछि युुगौँदेखि अन्धकारमा बस्दै आएका यस क्षेत्रका बासिन्दाले उज्यालो पाएको बताए । निवर्तमान सांसद डिकवहादुुर लिम्बूले यस्ता महत्वपूर्ण योजनाको निर्माणले जनताको आवश्यकतामा पनि सरकारले ध्यान पुु¥याउँदो रहेछ भन्ने देखाएको बताए । यस्ता महत्वपूर्ण योजनाको निर्माणले हाम्रा लागि पनि राज्यले केही गर्दोरहेछ भन्ने भावना जनतामा आएको उनले बताए ।
नेपाल सरकारले १ करोड ६० लाख रुपैयाँको लागतमा मिनी ग्रिड सञ्चालनमा ल्याएको हो । मिनी ग्रिडबाट उत्तपादित विद्युुत् पोल तानेर ५ किलोमिटर क्षेत्रमा विस्तार गरिएको छ ।
बेट्री र सोलारपाता राखेर सञ्चालनमा ल्याइएको सो मिनी ग्रिडको उचित व्यवस्थापन गर्न सके दिगो हुुने जनाइएको छ । मिनी ग्रिडको व्यवस्थापनका लागि उपभोक्ताले प्रयोग गर्ने बिजुलीको उचित मूल्यनिर्धारण गर्नुु आवश्यक छ ।
सरकारले निर्माण गरेको बहुुउपयोगी योजनाको संरक्षणमा उपभोक्ता समितिले ध्यान पुु¥याउनुुपर्ने जिल्ला समन्वय समिति मोरङका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताए । उनले बिजुली प्रयोग गरेवापत त्यसको उचित मूल्यनिर्धारण गरी आउने रकम त्यसको मर्मतसम्भारमा खर्च गर्न सके योजना दिगो हुुने बताए ।
दुुई साताअघि परीक्षणका लागि मिनी ग्रिडबाट विद्युुत् सञ्चालन गरी प्रसारण्मा ल्याइएको हो । नेपाल सरकारले सो पहाडी क्षेत्रका विभन्न स्थानमा हावा तथा सोलारबाट विद्युुत् उत्पादनका लागि समेत काम अघि बढाएको छ ।