इलाम, १५ कात्तिक । इलामकाे ब्यस्त बजारमा गत दुर्इदिन अघी बेवारिसे अवस्थामा फेला परेकाे मृत शिशुकाे बिषयमा प्रहरीले अनुशन्धान गरिरहेपनि जन्माएर फाल्ने काे हाे पत्ता लगाउन सकेकाे छैन ।
इलाम नगरपालिदका ७ (इलाम वजार) मा सडक नजिकै घाँसवारीमा सो शिशु फेला परेको थियाे ।घाँस काट्न गएका एक स्थानियले शिशु देखे पछि प्रहरीलाई खवर गरेको र प्रहरीले कानुनी प्रक्रिया पुरा गर्दै इलाम अस्पताललाई सो शिशु बुझाएको थियाे ।
बाहिर कतै जन्माएर सो ठाउँमा फलिएको हुन सक्ने प्रहरीको अनुमान छ । शिशु मृत अवस्थामा फेला परेको थियाे ।