मोरङ, १४ कात्तिक । पुर्वका बिभिन्न जिल्लाहरुमा दिनप्रतिदिन अपराधिक घटनाहरु बढदै गएका छन । पछिल्लो समयमा मोरङ र झापामा भएका दुईवटा ठुला घटनाहरुले सबैको ध्यान तानेको छ ।
ति घटनामा अपराधीहरुलाई पक्राउ गरी सजाय दिन नसक्दा प्रहरी प्रशासन समेत सर्बत्र आलोचित बनेको छ । बढ्दो हत्या र प्रहरीको ढिलासुस्तीले गर्दा प्रहरीप्रतिको बिश्वास आमसर्वसाधारणमा दिन घट्दै गएको छ । मोरङको कानेपोखरी गाँउपालिका ३ हरकपुरमा भदौ २९ गते भएको आगलागीवाट ४ जनाको ज्यान गयो ।
परिवारले हत्या भन्दै छानविन गर्न माग गरेको पनि महिना दिन नाघिसक्यो तर अहिले सम्म अनुसन्धान भएन । यो घट्ना सेलाउन नपाउदै झापाको बिर्तामोडमा ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युबारे छानविनको माग गर्दै कत्तिक १० गते शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भयो भने दर्जनौ स्थानिय घाईते भए । तर दुबै घटनामा प्रहरीले महत्वपुर्ण भुमिका निर्बाह गर्न सकेन । जसका कारण नेपाल प्रहरी सर्बत्र आलोचित भयो ।
दुबै घटनामा स्थानीयले अनुसन्धान गरी पाउँ भनी जाहेरी दिएपनि प्रहरीको अनुसन्धान फितलो देखियो । झापाका बालकको हत्या भएको परिवारको दावि रहेको छ भने यता मोरङको कानेपोखरीमा पनि आगो लगाएर हत्या गरिएको भन्दै अनुसन्धान गर्न पिडित परिवारले माग गरेका छन ।
यी दुबै घटनामा प्रहरीको अनुसन्धान फितलो भएको स्थानीय गुनासो गर्छन । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानिए उनलाई कारबाही पनि गरियो तर यो मात्र पिडितले खोजेको न्याय होर्इन ।
कानेपोखरी आगलागीमा परी एकै परिवारको ४ जनाको मृत्यु भएको घटना भबितब्य नभई योजनाबद्ध हत्या भएको मृतकका आफन्तहरुले आरोप लगाईरहेका छन ।
घटनामा प्रशासनले समेत सहयोग नगरेको पिडित परिवारको दुखेसो रहेको छ । मृतकका दाजु रामकुमार राईले यो घटना भबितब्य नभई सुनियोजित हत्या नै भएको दाबी गरेका छन । उनले सो घटना सुनियोजित हो भन्ने प्रशस्त आधारहरु रहेको समेत दाबी गरेका छन ।
आमा,भाई बुहारी,र बहिनिको सामुहिक हत्या भएको मृतकका दाजु दाबी गर्छन । कानेपोखरी गाँउपालिका प्रमुख तारा बहादुर काफलेले समेत दैविक प्रकोप नभई हत्या भएको बताउँछन ।
भदौ २९ गते मोरङको कानेपोखरी गाउपालिका वडा नं ३ स्थित चन्द्र कुमार राईको घरमा बिहीबार बिहान २ बजे आगलागी हुँदा उनकी आमा गंगामाया राई, बहिनी विष्णुमाया राई र श्रीमती पार्वता राईको मृत्यु भएको थियो ।
आगो नियन्त्रणका लागि इटहरी, दमक र उर्लाबारीबाट गएको बारूण यन्त्रले करीब ३ घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो । घटनापछि परिवारको खोजी गर्ने क्रममा चारैजनाको अवशेष मात्र फेला परेको थियो ।
घटनापछि उनका काठमाण्डौमा रहेका छोरा राजकुमार छोरी रचना बहिनी इन्दिरा दाजु रामकुमार लगायत घटनास्थल आईपुग्दा पथरी प्रहरीले प्रारम्भिक अनुसन्धान गरी घटना बिद्युत सर्ट भएका कारण भएको बताएको थियो ।
त्यसपछि पटक पटक प्रहरीलाई पिडित परिवारले घटना सुनियोजित भएको भन्दै अनुसन्धान गर्न आग्रह गरेको र प्रहरीले पनि केही शंकास्पद ब्यत्तिहरुलार्य पक्राउ गरी अनुसन्धान गरेको थियो । तर प्रहरीले उनीहरुलाई प्रमाण नपुगेको भन्दै छोडेपछि पिडित परिवार झन आक्रोशित बनेको छ ।
आगलागीमा डेढ करोड बढीको क्षति भएको छ । पिडित परिवार यतिबेला यतिबेला एउटा सानो छाप्रोमा कष्टकर जिवन बिताउँदै आएका छन ।
पिडितको मनमा दन्किएको आगो झनझन बढदै गएको र यो आगो दनदनी सल्केको भन्दै पिडित परिवारले घटनाको सुक्ष्म अध्यायन गरी दोषीलाई कारबाही गर्न माग गरे पनि अहिले सम्म अनुसन्धान मात्रै भएको भन्दा झन पिडा थपिदै गएको परिवारको भनाइ रहेको छ ।
इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरिक्षक राजन काकीर्ले अनुन्धान भईरहेको मात्रै बताउँछन । कहिले सकिन्छ अनसन्धान र कहिले पाउँछन पिडितले न्याय ? सबैले प्रश्न सोधिरहेका छन ।-पूर्वेलीन्युज