तेह्रथुम, १५ कात्तिक । तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो ।

Advertisement

चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठाएका उम्मेदवारको विषयमा चर्चा हुन थालेको छ । नेपाली काँग्रेस तेह्रथुमले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको छ ।

वाम गठबन्धनले एमालेका तर्पmबाट प्रतिनिधि सभाका लागि पूर्व सभासद् भवानी खापुङलाई उम्मेदवार बनाएको छ । राज्यमन्त्री गुरुङ र खापुङबीचको चुनावी प्रतिष्पर्धा निकै रोचक हुने राजनीतिक विश्लेषकले बताएका छन् ।

महिलानेत्री गुरुङ नेपाली काँग्रेसकी निर्वाचित केन्द्रय सदस्य हुनुहुन्छ । २०६४ र २०७० को संविधान सभाको निर्वाचन गरी गुरुङ जिल्लाबाट दुई पटक समानुपातिक सभासद् हुनुभएको छ । एमालेका खापुङ २०७० को संविधान सभा निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित पूर्व सभासद् हुनुहुन्थ्यो ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेपाली काँग्रेसले अनुभवी नेता गोविन्द ढुंगानालाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट एमालेले लक्ष्मण तिवारीलाई प्रदेशसभाका लागि उम्मेदवार बनाएको छ ।

ढुंगाना नेपाली काँग्रेस तेह्रथुमको दुई पटक नेतृत्व लिएका सभापति समेत हुनुहुन्छ । तिवारी पनि एमाले तेह्रथुमका जिल्ला अध्यक्ष हुनुहुन्छ । ढुंगाना अहिले पनि नेपाली काँग्रेस तेह्रथुमको जिल्ला सभापतिमा रहनुभएको छ । जिल्लाका दुई पार्टी अध्यक्षबीचको चुनावी प्रतिष्पर्धा पनि निकै रोचक हुने अनुमान गरिएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट नेपाली काँग्रेसले विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)ले निर्वाचन क्षेत्र २ बाट प्रदेश सभाका लागि तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसका प्रखर नेता सम्बाहाम्फे र एमालेका पूर्व जिल्ला सभापति कन्दङवाबीचको प्रतिस्पर्धा पनि रोचक हुने बताइएको छ । वाम गठबन्धनबाट जिल्लामा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार पाएको छैन । तेह्रथुममा प्रतिनिधि सभा निर्वाचनका लागि एउटा मात्र क्षेत्र रहेको छ भने प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!