- संगालोखबर सम्वाददाता

धनकुटा, १४ कात्तिक । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका धनकुटा सचिव प्रकाश राई माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

धनकुटामा आज पत्रकार सम्मेलन गरी उनले नेकपा परित्यागको घोषणा गरेका हुन ।

Advertisement
राईलाई अविर लगाएर माओवादी केन्द्रमा स्वागत गरिदै । तस्वीर : संगालोखबर

वाम गठबन्धनबाट प्रभावित भएर आफु माओवादी केन्द्रमा आएको राईले बताएका छन ।

उनलाई माओवादी केन्द्रका जिल्ला ईन्चार्ज उज्वल किराती, सह–संयोजक ऋषिराम ढुंगाना, सन्देश क्षेत्री, सचिवालय सदस्य रामबहादुर कार्की, जिल्ला सम्मेलन आयोजक सदस्य गिता गुरुङ (खेवा), सुवास मगर लगायतले पार्टीमा स्वागत गरेका छन ।

पार्टी प्रवेशका लागि आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेताहरुका साथमा राई । तस्वीर : संगालोखबर

राईलाई अविर र खादा ओडाएर माओवादी केन्द्रका नेताहरुले पार्टीमा स्वागत गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!