संगालोखबर सम्वाददाता

धनकुटा, १५ कात्तिक । बाम गठबन्धन पश्चात धनकुटामा एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको संयुक्त सचिवालय बनेको छ ।

दुवै संगठनको आज बसेको संयुक्त भेलाले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी चौतारी अध्यक्ष सन्तोष रुचालको संयोजकत्वमा चुनाव प्रचार प्रसार सचिवालय निर्माण गरेको हो ।

Advertisement

समितिको सह-संयोजकमा प्रेस सेन्टरका अध्यक्ष इश्वर थापालाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा प्रेस चौतारीका तर्फबाट उपाध्यक्ष रबिन कटेल, सचिव बिमला राई, कोषाध्यक्ष मनिसा पोख्रेल र सह–सचिव विश्वराज श्रेष्ठ छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त बैठक । तस्वीर : रबिन कटेल/संगालोखबर

यता प्रेस सेन्टरको तर्फबाट उपाध्यक्ष दिलबहादुर राई, सचिव अनिल भट्टराई, कोषाध्यक्ष कोकिला भण्डारी र सह–सचिव लक्की सेर्पा सदस्य छन ।  बैठकले आगामी शुक्रबार दुवै संगठनको संयुक्त प्रचार भेला गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रेस चौतारीका केन्द्रिय सदस्य नैन विश्वकर्मा र प्रेस सेन्टरका केन्द्रिय सदस्य स्मिता निरौलाले बाम गठबन्धन पश्चात धनकुटामा पहिलो पटक दुवै पार्टी निकट पत्रकार संगठनको सचिवालय निर्माण भएको प्रति खुसी ब्याक्त गरेका छन ।

सम्बन्धित यो समाचार पनि पढ्नुहोस् ….

धनकुटामा जित सुनिश्चित भएको बाम गठबन्धनका नेताहरुको दावी (भिडियोसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!