खोटाङ, १५ कात्तिक । जिल्ला अस्पताल खोटाङमा दन्त सेवा शुरु गरिएको छ । दन्त विशेषज्ञ एञ्जिला श्रेष्ठलाई करारमा ल्याएर अस्पतालमा पहिलो पटक दन्त सेवा शुरु गरिएको हो ।

Advertisement

अस्पताल स्थापना भएको २६ वर्षपछि अस्पतालमा विशेषज्ञसहितको दन्त सेवा थालिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो । २०४८ सालमा स्थापना भएको अस्पतालमा दाँतका समस्या भएका बिरामीको संख्या अधिक पाइएकाले करारमा विशेषज्ञ ल्याएर दन्त सेवा शुरु गरिएको हो ।

दाँतका बिरामीको अन्य चिकित्सकले सामान्य चेकजाँच गर्दैआएकामा दन्त विशेषज्ञमार्फत सेवा थालिएको अस्पतालले जनाएको छ । “अस्पतालमा दाँतका रोगी धेरै आउने गरेकाले विशेषज्ञ ल्याएर सेवा दिन थालिएको हो,” डा केसीले भने , “अब दाँतसम्बन्धी समस्या भएका बिरामीको सम्पूर्ण उपचार यहीँ हुन्छ ।”

जिल्लामा यसअघि सरकारी अस्पतालमा दन्त सेवा नहुँदा दाँतका बिरामीले चर्को मुल्य तिरेर निजी क्लिनिकमार्फत सेवा लिने गरेका थिए । निजी क्लिनिकमा उपचार गराएका कतिपय बिरामीको दक्ष जनशक्ति अभावमा जटिल समस्या समेत सिर्जना हुने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!