इलाम, १५ कात्तिक । मेची राजमार्गस्थित इलाम नगरपालिकाको गोदकमा गएराति भएको हायस माइक्रो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जना गम्भीर रहेकामा उपचारपछि उनीहरू सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

Advertisement

काठमाडौंबाट इलामका लागि आइरहेको बा.४ख  ६३५७ नम्बरको हायस माइक्रो इलाम नगरपालिका–१०, गोदकको धजेडाँडामा सडकबाट करिब ५० मिटर झरेको थियो ।

पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शिवबहादुर बुढाथोकीका अनुसार दुर्घटना हुँदा घाइते भएका ११ जनाको झापा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

बाँकी २ जना सामान्य छन् । चालक इलाम नगरपालिका–८ का जितबहादुर राईसमेत घाइते भइ स्थानीय मेडिकलमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भएको माइक्रोमा काठमाडौंबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी भ्रमणका लागि इलाम आउँदै थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!