संसारकै ठूलो ज्यान भएका रोली नेपाल आउँदै

संसारकै ठूलो ज्यान भएका रोली नेपाल आउँदै

काठमाडौँ, ५ माघ । ‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् । नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ को प्रो क्वालिफायरका लागि विङ्लार आगामी फागुन २ गते काठमाडौँ आउन लागेको आयोजक आइएफबिबी लिग नेपालका प्रमुख एवं पूर्वखेलाडी सानु गुरुङले जानकारी दिन...
इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ, ४ माघ । इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । नेपालको ...
डेम्बेले चीन जाने

डेम्बेले चीन जाने

एजेन्सी । इङ्लिस प्रियिमर लिगको क्लब टोटेनह्यामले मिडफिल्डर मोउसा डेम्बेलेलाई बेच्ने भएको छ । टोटेनह्यामले डेम्बेलेलाई चीनियाँ सुपर लिगको क्लब ग्वान्झाउ आर एन्ड एफमा १ करोड १० लाख पाउन्डमा बेच्न लागेको हो । ३१ वर्षे डेम्बेलेको यही सिजन टोटेनह्यामसँगको सम्झौता सकिँदै थियो । तर टोटेनह्यामले अन्तर्राष्ट्रिय विदाअघि नै उनलाई चीनियाँ क्लबमा बेचेको हो । बेल्जियमका डेम्बेले बेजिङ गुवानमा जाने भनिए पनि...
महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, ३ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताक...
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरम...
महिला क्रिकेट : नेपाल र युएई खेल्दै

महिला क्रिकेट : नेपाल र युएई खेल्दै

काठमाडौँ, ३० पुस । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टोली अपराजित हुन् । अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा चार अङ्क जोडेको छ । आजको...
महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

काठमाडौँ, २७ पुस ।  थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ...
प्रत्येक स्थानीय तहमा खेलग्राम बनाइने

प्रत्येक स्थानीय तहमा खेलग्राम बनाइने

काठमाडौँ, २६ पुस । सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक÷एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ । युवा तथा खेलकूद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्को यही पुस १३ गतेको बैठकले उक्त कार्यविधि पारित गरेको हो । बालबालिका, युवा वयस्क तथा प्रौढको शारीरिक, मानसिक विकास तथा व्यवस्थापनका लागि खेलकूद अपरिहार्य रहेको हुन्छ । ...
एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु

एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु

काठमाडौँ, २५ पुस । संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञान...
सन्दीपको दोस्रो खेल आज

सन्दीपको दोस्रो खेल आज

काठमाडौँ, २५ पुस ।  बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । सिक्...
अन्तिम खेलमा मनाङ पराजित

अन्तिम खेलमा मनाङ पराजित

काठमाडौँ, २४ पुस । मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा पराजित भएको छ । लिगअन्तर्गत आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ फ्रेण्डस क्लबसँग १–० गोलले पराजित भएको हो । आजको खेलमा पराजित भए पनि मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितिसकेको छ । फ्रेण्डसको जीतमा विकास लामाले इञ्जुरी समयमा गोल गरे । ‘ए’ डिभिजन लिगमा मनाङको यो कीर्तिमानी आठौँ उपाधि हो । यसैगरी ...
फुटबल मैदानको लागि जमीन नापजाँच

फुटबल मैदानको लागि जमीन नापजाँच

कास्की, २४ पुस । पोखरामा आधुनिक र अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणको लागि जमीन नापजाँच सर्भे  को काम शुरु भएको छ । पोखरा रङ्गशालाभित्र फुटबल मैदानसहितको स्टेडियम निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्राएमए जिएसआई जेभीबीच गतहप्ता सम्झौताभएपछि निर्माण कम्पनीका प्राविधिकले जमीनको स्थलगत अध्ययन शुरु गरेका छन् । निर्माण कम्पनीले आजबाट जमी...
अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर, २४ पुस ।  मोरङको बूढीगङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । जिल्ला कबड्डी सङ्घको सहयोगमा यही पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको छ । सङ्घका अध्यक्ष भुवनेश्वर मण्डलले सञ्चारकर्मीसँग आज कुरा गर्दै प्रदेश नं १ मा पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालबाट नेपाल आर्मी तथा नेपाली कबड्डी राष्ट्रिय टोलीसहित पाँच ...
निलम्बन फुकुवाको बाटोमा क्यान

निलम्बन फुकुवाको बाटोमा क्यान

काठमाडौँ, २२ पुस ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकूद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ । दुईसाता अघि नेपालमा बसेको आइसिसीको स्वतन्त्र कमिटीको बैठकले उनीहरूलाई निलम्बन फुकुवा हुने विश्वास दिलाएपछि मुद्दा फिर्ता लिन अदालतमा न...
भिल्लारियलसँग रियल मड्रिड बराबरीमा रोकियो

भिल्लारियलसँग रियल मड्रिड बराबरीमा रोकियो

२० पुस, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई घरेलु टोली भिल्लारियलले २–२ गोलको बराबरीमा रोकेको हो । भिल्लारियलका लागि सान्टी कार्जोलाले दुई गोल गरे । उनैको दुई गोलमा रियललाई रोक्न सफल भएको हो । यता, रियलका लागि भने करिम बेन्जिमा र राफेयल भरानेले गोल गरे । खेलको चौथो मिनेटमा नै कार्जोलाले ...
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने

क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने

काठमाडौँ, १९ पुस । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रो...
वडा नं. ७ ले जित्यो वडा स्तरीय फुटवलको उपाधि

वडा नं. ७ ले जित्यो वडा स्तरीय फुटवलको उपाधि

धनकुटा, ४ पुस । धनकुटामा बुधबार सम्पन्न वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिका वडा नम्बर ७ ले जितेको छ । तल्लो टुँडिखेलमा भएको फाईनल खेलमा धनकुटा १ लाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै ७ नम्बरले उपाधि जितेको हो । जितसँगै ७ नम्बर वडाले ३५ हजार नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता धनकुटा १ ले २० हजारमा चित्त बझायो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राईबेकरब...
धनकुटामा बुद्धिचाल प्रतियोगिता सम्पन्न

धनकुटामा बुद्धिचाल प्रतियोगिता सम्पन्न

धनकुटा, १ पुस । धनकुटा सदरमुकाममा बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा सुमन श्रेष्ठ प्रथम, रमेशचन्द्र अधिकारी द्धतिय र हेमकुमार राई तृतिय भएका छन् । श्रेष्ठले ५, अधिकारीले ४ र राईले ३ अंक प्राप्त गरेको आयोजकले जनाएको छ । उनीहरुले अव राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन पाउनेछन् । विजयी खेलाडीलाई जिल्ला समन्वय समिति प्रमुख टंकबहादुर चुवानले नगदस...
शहीद स्मारक ‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई पराजित गर्दै च्यासल युथ विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई पराजित गर्दै च्यासल युथ विजयी

काठमाडौँ, २९ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब विजयी भएको छ । आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबललाई २–० गोलले पराजित गर्दै जारी लिगमा च्यासलले चौथो जित निकालेको हो । च्यासललाई जित दिलाउन सन्तबहादुर गुरुङ र सञ्जोक राईले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै च्यासलल...
शहीद स्मारक ‘ए’ डिभिजन लिग: मनाङको लगातार पाँचौ जित

शहीद स्मारक ‘ए’ डिभिजन लिग: मनाङको लगातार पाँचौ जित

काठमाडौँ, १५ मङ्सिर । उपाधी होडमा रहेको मनाङ मस्र्याङ्दी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौ जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गरेर मनाङले लगातार पाँचौ जीत निकालेको हो । मनाङको जीतमा अञ्जन विष्ट र आफिज ओलावालेले एक एक गोल गरे । खेलको ५५औँ मिनेटमा अञ्जनको गोलबाट अग्रता बनाएको थियो ।...
ललितपुर प्याट्रियसद्वारा ज्ञानेन्द्रको कप्तानीमा १८ सदस्यीय टोली घोषणा

ललितपुर प्याट्रियसद्वारा ज्ञानेन्द्रको कप्तानीमा १८ सदस्यीय टोली घोषणा

काठमाडौँ । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलननमा क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ । घोषित टोलीमा कप्तान मल्लसहित भारतीय खेलाडी जय किशन कोल्...
एपिएफलाई लगातार चौथो पटक उपाधि

एपिएफलाई लगातार चौथो पटक उपाधि

काठमाडौँ, १२ मङ्सिर । सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठौँ अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । योसँगै सशस्त्र लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । एपिएफले तेस्रो, चौथो, पाँचौ र छैटौँ संस्कारमा...
दक्षिण एशियाली क्षेत्रीय ब्याडमिन्टन मङ्गलबारदेखि

दक्षिण एशियाली क्षेत्रीय ब्याडमिन्टन मङ्गलबारदेखि

काठमाडौँ, १० मङ्सिर । दोस्रो दक्षिण एशियाली यू–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मङ्गलबारदेखि शुरु हुने भएको छ । ब्याडमिन्टन एशियाको विकास कार्यक्रमअन्तर्गत हुने च्याम्पियनशिपमा नेपाललगायत भारत, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहने नेपाल ब्याडमिन्टन सङ्घका सचिव नवीनविक्रम शाहले जानकारी दिए । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा हुने च्याम्पियनशिपमा नेपालका महिला चार र पुरुष च...
शहीद स्मारक ए डिभिजन लिग–आर्मीले सङ्कटालाई हरायो

शहीद स्मारक ए डिभिजन लिग–आर्मीले सङ्कटालाई हरायो

काठमाडौँ, १० मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले सङ्कटालाई ५–१ को फराकिलो गोलअन्तरले पाखा लगाउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जितसँगै आर्मी अङ्क तालिकामा १० अङ्क जोड...
‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरू आजदेखि शुरु

‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरू आजदेखि शुरु

काठमाडौँ, १० मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । आज पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आजको पहिलो खेलमा दुई अपराजित टोली सङ्कटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी एन्फा कम्प्लेक्स...
इलाम र पाँचथरका सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको सफल परीक्षण

इलाम र पाँचथरका सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको सफल परीक्षण

मङ्गलबारे, ९ मङ्सिर । इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु शेर्पाल...
प्रथम प्रकाश स्मृति कपको उपाधि प्लानिङ ब्वाइजलाई

प्रथम प्रकाश स्मृति कपको उपाधि प्लानिङ ब्वाइजलाई

जिरी, ७ मङ्सिर । दोलखाको सदरमुकाम चरिकोटमा भएको प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज काँडाघारी भक्तपुरले जितेको छ । आज भएको फाइनल खेलमा जिल्ला फुटबल सङ्घ दोलखालाई २–१ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । विजेता प्लानिङ ब्वाइजले नगद रु दुई लाख ५० हजार शिल्ड तथा मेडल प्राप्त गरेको छ । उपविजेता दोलखाले रु एक लाख २५ हजार शिल्ड तथा मेडल हात पार्...
शहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस बिरुद्ध आर्मीको १-० को जित

शहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस बिरुद्ध आर्मीको १-० को जित

काठमाडौँ, ७ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै आर्मी क्लब विजयी भएको हो । आर्मीको तर्फबाट टेकबहादुर बुढाथोकीले खेलको ३१ औँ मिनेटमा एक गोल गरेका थिए । सो गोल आर्मी क्लबको जितमा निर्णायक बन्यो । मध्याह्नअघिको अन्तिम मिनेटमा प...
नेपालले थाल्यो अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी

नेपालले थाल्यो अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी

काठमाडौँ, ७ मङ्सिर । नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता वल्र्ड रोबोट ओलम्पियाड मा सहभागी हुन तयारी थालेको छ । नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउण्डेशन नेपालका अध्...
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत

काठमाडौँ, ७ मङ्सिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टोली एपिएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै ब्रिगेड ब्वाइवले अङ्क तालीकामा तीन अङ्क बटुलेको छ । ब्रिगेड ब्वाइजको जीतमा मनोज राई, ...
इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

काठमाडौँ, ७ मङ्सिर । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन/तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका छन् । आजै चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्र्...
error: Content is protected !!