धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुँने
धनकुटा । धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुँने भएको छ । सहिद रामकृष्ण स्मृती प्रतिष्ठानले आगामी माघ पहिलो साता १ नम्बर प्रदेश स्तरीय प्रतियोगिता गर्ने भएको हो ।
२०३० साल चैत्र ३ गते तत्कालिन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा मृत्यु भएका राम कृष्ण श्रेष्ठलाई सरकारले ०७४ माघ ३ गते सहिद घोषणा गरेको थियो । उनकै सम्मानमा प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका सल्लाहक...



























