एजेन्सी । चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका फरवार्ड गोन्जालो हिगुआइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

Advertisement

यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगका ३१ वर्षीय हिगुआइनले क्लब फुटबलमा ध्यान दिने भन्दै राष्ट्रिय टोलीबाट सन्न्यास लिएको बताएका छन् । उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । तर सन् २०१८ को फिफा विश्वकपपछि उनले टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

उनले सन्यास लिँदै भनेका छन् ‘मैले यो निर्णय लिएर केहि समय परिवार र मेरो छोरीसँग बिताउन चाहन्छु । मैले राष्ट्रको लागि गर्न सक्ने योगदान गरिसके जस्तो लाग्छ,’ उनले भने, ‘ मेरो ध्यान अहिले पूर्ण रुपमा चेल्सीप्रति केन्द्रित छ । प्रिमियर लिग साँच्चै नै रमाइलो छ । म यस प्रतिस्पर्धात्मक लिगमा रम्न चाहन्छु ।’

राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनलाई लिएर सधैं आलोचित हुँदै आएका हिगुआइनले राष्ट्रिय टोलीबाटै तीन महत्त्वपूर्ण प्रतियोगिताको फाइनल खेलेका थिए । सन् २०१४ को विश्वकप फुटबल तथा सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा प्रतिस्पर्धा गर्नु उनको महत्त्वपूर्ण प्रतियोगिता मानिन्छ ।

उनले आफु आलोचित बनेको बिषयले आफ्नो समाजिकतादेखि परिवारसम्मै असर परेको बताएका छन् । जब कसैको आलोचना हुन्छ, त्यसले खेलाडीसँगै उसको परिवारलाई पनि असर गर्छ । मैले राष्ट्रिय टोलीका लागि सक्दो प्रयास गरेको थिए । उपाधि जित्ने लक्ष्य हासिल गर्न नसक्दैमा असफल भएको भन्ने होइन । उनले भनेका छन्, ‘सबैले मैले गरेको गल्ती देख्दा सफलता भने बिर्सन खोज्छन् । मलाई लाग्छ सबैले सन् २०१४ विश्वकपको क्वाटरफाइनलमा बेल्जियम विरुद्ध गोल हेर्नु भयो होला ।’

विशेषत उनले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध नियमित ९० मिनेट समयमा गोल गर्ने अवसर चुकाउँदा अर्जेन्टिना जितबाट बन्चित भएको थियो । त्यसपछि सन् २०१५ को कोपा अमेरिका फाइनलमा पनि नियमित समयमा गोल गर्ने अवसर चुकाएका हिगुआइनले टाइब्रेकरमा पनि पेनाल्टी चुकाएका थिए

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!