काठमाडौं । १२ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपिएल)को शनिबार भएकाे उद्घाटन खेलमा तीनपटकको उपाधि बिजेता चेन्नई सुपर किङ्ग्सले ७ विकेटको जित निकालेको छ ।

Advertisement

शनिबारदेखि शुरु भएको १२ औं संस्करणको आईपिएलमा महेन्द्र धाेनीकाे टिम चेन्नईले विराट काेहलीकाे टिम बेङ्लोरमाथि ७ विकेटको जित निकालेको हो ।

योसँगै चेन्नईले बेङ्लोरलाई लगातार ७ औं पटक पराजित गरेको हो । बेङ्लोरले दिएको ७१ रनको झिनो लक्ष्य चेन्नई सुपर किङ्ग्सले १७ दशमलव ४ बलमा ३ विकेटको नोक्सानी लक्ष्य भेटाएको थियोे ।

चेन्नईको जितमा अम्बती राइडुले ४२ बलमा दुई चौका एक छक्काको मद्दतले सर्वाधिक २८ रन जोड्दा सुरेश रैनाले १९ रन बनाए ।

यससँगै सुरेश रैना आईपिएल खेलको ईतिहासमा ५ हजार रन पूरा गर्ने पहिलो क्रिकेटर समेत बनेका छन् । त्यस्तै केदार ज्यादबले नटआउट १३ रन जोड्दा, रबिन्द्र जडेजाले ६ रन बनाए संगै चेन्नईले १२ औं संस्करणको आईपिएलमा पहिलो जित दर्ता गरेको छ । चेन्नइका भरपर्दा ओपनर शेन वाट्शन भने सुन्यमा आउट भएका थिए ।

चेन्नईले पहिलो विकेटका रूपमा तेस्रो ओभरको पहिलो बलमा शेन वाटशनको रूपमा आउट हुँदा टिमको स्कोर ८ रन थियोे । त्यसपछि ब्याटिङ गर्न मैदानमा आएका रैना र रायडुले ३२ रनको साझेदारी गर्दा टिमको ४० रनको स्कोरमा रैनाका रूपमा दोस्रो विकेट गुमाएको थियोे । त्यस्तै १४ दशमलव २ ओभरमा चेन्नईले तेस्रो विकेट गुमाएको थियोे ।

बलिङतर्फ बेङ्लोरका युजबेन्द्र चहर, मोईन अलि र मोहम्मद सिराजले एक/एक विकेट प्राप्त गरेका थिए ।

यसअघि चेन्नई सुपर किङ्ग्सले आफ्नो घरेलु मैदान चेन्नईस्थित के एम ए चिदंबरम स्टेडियममा भएको खेलमा उद्घाटन खेलमा कप्तान महेन्द्र सि‌ंह धोनीले टस जित्दै बलिङ गर्ने निर्णय गरेका थिए । टस हारेको बेङ्लोरले पहिले ब्याटिङ गर्दै १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७० रन मात्रै जोड्न सफल भएको थियोे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!