भोजपुरमा शहीद स्मृति कभर्ड हल निर्माण अलपत्र
भोजपुर, ७ मङ्सिर । जिल्ला सदरमुकाममा निर्माण थालिएको शहीद स्मृति कभर्ड हल अहिले अलपत्र बनेको छ । तत्कालीन माओवादी नेतृत्वको सरकारले शहीदको सम्झनामा पाँच वर्षअघि निर्माण थालेको हल अलपत्र हुँदा अहिले त्यहाँ झाँडी बनेको छ ।
निर्माण कार्यले निरन्तरता नपाउँदा सरकारको लाखौँ लगानी खेर गइरहेको छ । २५ लाखको लागतमा निर्माण थालिएको सो हल जग हालेपछि अलपत्र बनेको हो । एक रोपनी बढी क्षेत्रफलमा निर्माण शुरु ग...


























