धनकुटाको बिहीबारे हटियामा किनबेच गर्नेको घुइँचो (फोटो फिचर)
धनकुटा । धनकुटा नगरपालिका-५ स्थित बिहीबारे हटियामा दशैँ लक्षित किनमेल गर्नेको घुइँचो लागेको छ । हटियामा गाउँघरबाट खसीबोका, कुखुरा, हाँस, सुँगुर, खाद्यान्न, लत्ताकपडा लगायत बिक्रीका लागि ल्याइएको छ ।
साप्ताहिक लाग्ने हटिया भएपनि दशैँको किनमेलका कारण अत्यधिक भीडभाड छ ।
तस्बिर : सन्तोष सुवेदी/संगालोखबर































