विराटनगरको बरगाछीमा मर्मतपछि ट्राफिक लाइट सञ्चालन, अन्य स्थानको टुङ्गो छैन
विराटनगर । जेनजी आन्दोलनमा भएको तोडफोडका कारण क्षति पुगेको विराटनगरस्थित बरगाछीको ट्राफिक लाइट मर्मतपछि सञ्चालनमा आएको छ । दुर्घटनाको उच्च जोखिम रहेको बरगाछीमा बिहीबारबाट ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो ।
ट्राफिक लाइट सञ्चालनमा आएसँगै सवारी आवागमनमा सहज भएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । ‘ट्राफिक लाइटमा क्षति पुग्दा सवारी आवागमन अस्तव्यस्त बनेको थियो’, न्य...





























