उदयपुरमा भेटियो दुई जनाको शव
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ अमलचौरीमा आज बिहान दुई जनाको शव फेला परेको छ । स्थानीय १४ वर्षीया मञ्जु राई र २८ वर्षीय रवीन्द्र राईको शव दुई सय मिटरको फरकमा भेटिएको हो ।
मञ्जुको शव बाटो छेउमा लडिरहेको अवस्थामा भेटिएको हो भने रवीन्द्र झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । स्थानीयले मञ्जुको शव बाटोमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नजिकै ...





























