सुनसरीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ
सुनसरी । सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।
शनिबार दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ बसपार्कबाट पैदल हिँडिरहेका दुई जनालाई पक्राउ गरेको छ ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का २२ वर्षीय लक्ष्मण कटवाल र सोही स्थानका २...






























