संगालोखबर

धनकुटा । धनकुटामा लोड गरिएको भरुवा बन्दुक बोकेर हिँडिरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का २३ वर्षीय विजय राई छन् ।

Advertisement

बुधबार अस्थायी प्रहरी पोस्ट बेलहाराबाट खटिएको प्रहरी गस्ती टोलीले गस्तीका क्रममा राईलाई लोड गरिएको एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!