धनकुटाबाट पैसा लगेर फिर्ता नदिने व्यक्ति संखुवासभामा पक्राउ
धनकुटा । पैसा लगेर फिर्ता नदिएको अभियोगमा संखुवासभाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-४ सेकाहाका ५४ वर्षीय लक्ष्मण राई छन् ।
प्रहरीका अनुसार राईले धनकुटाका एक व्यक्तिबाट पैसा लिएका थिए । उनले १६ लाख ५० हजार पैसा फिर्ता गर्नुपर्ने छ । तर, फिर्ता गर्ने बेलामा पैसा नभएको बैंक खाताको चेक दिएर ‘चेक बाउन्स’ भएपछि उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा कारबाही प्रकृय...