झापामा लागूऔषध कारोबारी पक्राउ गर्न हवाइ फायर
विराटनगर । झापामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको छ । आज बिहान करिब ८ः४५ बजे कनकाई नगरपालिका-४ तल्लो चाप्रामारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउन्ड गोली चलाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार लागूऔषध कारोबारी आउँदै गरेको भन्ने सूचना प्राप्त भएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले शरणामतीबाट सुरूङ्गातर्फ आउँदै गरेको बीआर ३७ ट...