झापामा चितुवाको आक्रमणबाट चार जना घाइते
झापा । झापाको बुद्धशान्ति गाउँपालिका-४ मा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीका सईसहित चार जना घाइते भएका छन् । आज दिउँसो चितुवाको आक्रमणबाट उनीहरू घाइते भएका हुन् ।
चितुवाको आक्रमणबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस टिमाईका सई केदार श्रेष्ठ, बुद्धशान्ति-६ का ५० वर्षीय कृष्ण गजमेर, ५४ वर्षीय दुर्गाबहादुर कटुवाल र मेचीनगर नगरपालिका-१० का २६ वर्षीय विशाल कार्की घाइते भएका छन् । उनीहरूको अवस्था सामान्...






























