विद्युत् महसुल तिर्न अटेर गर्नेको लाइन काट्न ऊर्जामन्त्रीको निर्देशन
काठमाडौं, ७ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत् महसुलको बक्यौता महसुल उठाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
लामो समयदेखि विद्युत् महसुलको बक्यौता उठाउन बाँकी रहँदा प्राधिकरणलाई ठूलो आर्थिक भार परेको भन्दै तत्काल बक्यौता असुल उपर गर्न र तिर्न अटेर गर्नेको लाइन काट्नसमेत निर्देशन दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत उच्च पदस्थ कर...





