पोखरा। जिल्ला पशु सेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३/७४ मा भूकम्पपीडित पशुपालक कृषकलाई रु ५३ लाख अनुदान वितरण गरेको छ ।

भूकम्प पुनःनिर्माण प्राधिकरणबाट प्राप्त अनुदान पाउनेमा जिल्लाका २६८ जना कृषक भएको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

बाख्राको खोर, गाईभैँसीको गोठ, कुखुराको खोर, उच्च प्रजनन बाख्रा, बोका थुमा वितरण, बंगुरको पाठापाठी, कुखुराको चल्लालगायतमा उक्त अनुदान दिइएको कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!