संगालोखबर सम्वाददाता

धनकुटा। आर्थिक बर्ष २०७३/०७४ मा जिल्ला समन्वय समितिको कार्यालय धनकुटाको करिव अढाई करोड बजेट फ्रिज भएको छ ।
जिल्ला समन्वय समितिले सार्वजनिक गरेको गत आर्थिक बर्षको निकासा खर्चको बिभिन्न शिर्षकको २ करोड ३८ लाख ४९ हजार बजेट फ्रिज भएको हो ।

जेष्ठ नागरिक सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम र संस्कृति प्रवद्र्धन लगायत विभिन्न शिर्षकको रकम फ्रिज भएको जिल्ला समन्वय समितिले जनाएको छ । फागुनसम्म जिल्ला विकास समिति र त्यसपछि जिल्ला समन्वय समितिमा रुपान्तरण भएपछि दुवै अवधिको उक्त खर्च विवरण सार्वजनिक गरिएको हो ।

Advertisement

फ्रिज भएको मध्ये सबै भन्दा बढि पूजीगत तर्फको जेष्ठ नागरिक सम्मान र सामाजिक सुरक्षा कार्यक्रमतर्फ ६५ लाख, संस्कृति प्रवद्र्धन चालुमा ४४ लाख ८८ हजार, झोलंगे पुल क्षेत्रगत कार्यक्रम चालु खर्चतर्फ ३१ लाख ५४ हजार र साना सिंचाई तथा अन्य पुर्वाधार विकास कार्यक्रममा ३० लाख रकम छ ।

जिल्ला समन्वय समितिको कार्यालय धनकुटा । फाइल तस्वीर

यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रम चालु तर्फ १४ लाख २६ हजार, पुजिगत तर्फको आर्थिक केन्द्र जोड्ने सडक ७ लाख ७३ हजार र स्थानीय शासन तथा पुर्वाधार क्षेत्रगत कार्यक्रम तर्फ ७ लाख २१ हजार रकम पनि कोष तथा लेखा नियन्त्रण कार्यालयमा फिर्ता गएको छ ।

सबैभन्दा बढी सामाजिक सुरक्षाको रकम फिर्ता देखिनुमा बसाईसराई, मृत्यु भएकाको लगत कट्टा हुने र चैत्रसम्मको अभिलेख आएका कारण हुने गरेको समन्वय समितिका वरिष्ट सामाजिक विकास अधिकृत सीताराम गौतमले जानकारी दिएका छन ।

उनका अनुसार असार अन्तिममा मात्र बैंक खाता खोल्दा पनि समस्या हुने गरेको छ । यसैगरी विकास बजेट कम खर्च हुनुमा संझौता गर्न ढिलाई हुने प्रमुख कारण रहेको स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटा बताउँछन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!