काठमाडौं ।नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा एक सय रुपैयाँ बृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी एक सय रुपैयाँ बढेको हो ।

Advertisement

अघिल्लो महिना घट्दो क्रममा रहेको सुनको भाउ यो महिनाको सुरुवातमै उकालो लागेको छ । आज बजारमा सुन प्रति तोला ५३ हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बजारमा सुनको भाउ प्रतितोला ५३ हजार ७ सय रुपैयाँ थियो ।
आज बजारमा चाँदीको भाउ भने स्थिर छ । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदीको भाउ प्रति तोला ७ सय २५ रुपैयाँ नै थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!