हुम्ला । मालपोत कार्यालय हुम्लामा आएको अख्तियार प्राप्त आव २०७३÷०७४ को रु १८ करोड ५१ लाख रकममध्ये खर्च हुन नसकी रु एक करोड १९ लाख फ्रिज भएर गएको छ ।

मालपोत कार्यालयका प्रमुख लालप्रसाद ढकालका अनुसार यहाँ सञ्चालित मुक्त हलिया पुनःस्थापना कार्यक्रममा घर निर्माण र जग्गा खरिद मर्मत ‘क’ वर्गको जग्गा खरिद र घर निर्माण समेत ५५ जनालाई प्रतिव्यक्ति रु दुई लाखका दरले र ‘ख’ वर्ग घर मर्मत एक हजार १०० जनालाई रु एक लाख २५ हजार र ‘ग’ वर्ग नयाँ घर निर्माण ६७ जनालाई रु १७ करोड ३२ लाख खर्च भएको तर हुम्ला जिल्लाका कुनाकाप्चामा रहेका जनताले समयमै काम नगरेपछि रकम फ्रिज हुन गएको हो ।रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!