काठमाण्डाै । आज सुन एकै दिन थप पाँच सय रुपैयाँले महंगिएको छ । हिजो मात्रै तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज थप पाँच सय रुपैयाँले बढेको हो ।

Advertisement

आज सुन प्रतितोला ५५ हजार ४ सय पुगेको छ । विहीबार सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । दई दिनमा सुन एक हजार रुपैयाँले महंगिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!