बङ्गुरपालनबाट मासिक दुई लाख आम्दानी
बनियानी (झापा)। स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ ।
विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै उद्यमी बन्ने युवा अहिले बढ्दै गएका छन् । विदेशबाट फर्किएपछि कसैले उद्योग, कसैले व्यापार त कसैले कृषिलाई आफ्नो जीविकोपार्जनको माध्यम बनाएका छन् । त्यसैबाट उनीहरु नाम र दाम कमाउ...
