भद्रपुर।  मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गरेको छ ।

कार्यालयले सो अवधिमा रु १७ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु ३७ करोड ४६ लाख ४१ हजार संकलन गरेको लेखा शाखाका कर्मचारी प्रकाश सिटौलाले जानकारी दिनुभयो ।

Advertisement

राजिष्ट्रेशन दस्तुर रु ३१ करोड ८८ लाख एक हजार, रोक्का दस्तुर रु १७ लाख ३५ हजार, कर्जा लिखितमा रु चार करोड ४४ लाख ३० हजार, नामसारीबाट रु आठ लाख ३३ हजार, प्रतिलिपि दस्तुरबाट रु दुई लाख ३७ हजार, दाखिला खारेजबाट रु ७७ लाख तीन हजार, डोरदस्तुरबाट रु एक लाख ३६ हजार, सम्पत्ति बिक्रीबाट रु सात हजार, बेरुजुबाट रु चार हजार र पूर्जा बिक्रीबाट रु सात लाख १२ हजार राजश्व संकलन गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!