काठमाडौं। नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी ३ सय रुपैयाँ वृद्धि भएको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन छापावाल सुनको भाउ प्रतितोला ५४ हजार एक सय रुपैयाँ थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । आज वजारमा चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!