बैतडी । आर्थिक वर्ष २०७३÷७४ मा ट्राफिक कारबाहीबाट रु ११ लाख राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक प्रेमबल्लभ जोशीका अनुसार ट्राफिक नियम उल्लङ्घन गरी सावरी साधन चलाउने एक हजार ८८४ चालकबाट रु ११ लाख १५ हजार राजश्व संकलन भएको छ ।

Advertisement

ट्राफिक नियम उल्लङ्घन गर्नेमा सबैभन्दा बढी एक हजार १३० जिप–कार चालकबाट रु ६ लाख दुई हजार, ३८६ ट्रक चालकबाट रु दुई लाख ६७ हजार, १८२ मोटरसाइकल चालकबाट रु एक लाख २८ हजार, ट्याक्टर चालकबाट रु ८० हजार र बस चालकबाट रु ३७ हजार राजश्व संकलन भएको छ ।

आव २०७२÷७३ मा दुई हजार २२४ सवारी चालकबाट रु सात लाख २५ हजार राजश्व संकलन भएको थियो ।

जरिवाना गरिएसँगै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा गाडी हाँक्नेलगायत घटनामा कमी आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!