५० कार्टुन सिक्किमे मदिरा बरामद

५० कार्टुन सिक्किमे मदिरा बरामद

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बेलुका चेकजाँचको क्रममा ५० कार्टुन सिक्किमे मदिरा बोकेर इलामबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप प्रहरीले नियन्त्रणमा लिएको हो । गाडी र मदिरासहित झापाको बुद्धशान्ती गाउँपालिका-३ का महेन्द्र बर्देवा र चालक सोही स्थानका सनम राईलाई ...
उदयपुरमा आगो लगाएर पत्नीको हत्या

उदयपुरमा आगो लगाएर पत्नीको हत्या

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ मा पतिले पेट्रोल छर्किएर आगो लगाउँदा पत्नीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४८ वर्षीय पति दानबहादुर राईले ४० वर्षीया पत्नी पूर्णकुमारी राईलाई आगो लगाएका थिए । शरीरको विभिन्न भाग आगोले जलेर गम्भीर अवस्थामा पुगेकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपु...
सुनको मूल्यले राख्यो पुनः नयाँ रेकर्ड, कति पुग्यो तोलामा ? 

सुनको मूल्यले राख्यो पुनः नयाँ रेकर्ड, कति पुग्यो तोलामा ? 

विराटनगर । आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज तोलामा तीन सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै महँगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज पाँच रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा दुई हजार एक सय रु...
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीले घोषणा गर्‍यो उम्मेदवार 

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीले घोषणा गर्‍यो उम्मेदवार 

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकामा हुने उपनिर्वाचनमा अध्यक्ष पदको लागि उम्मेद्वार घोषणा गरेको छ । आज माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी ग्रामथान गाउँपालिकाको १ नम्बर वडामा २०७४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थ...
भारतीय कारबाट एक सय तीन किलो गाँजा बरामद

भारतीय कारबाट एक सय तीन किलो गाँजा बरामद

विराटनगर । विराटनगर-१५ बाट प्रहरीले एक सय तीन किलो गाँजा बरामद गरेको छ । हिजो नेपालबाट भारततर्फ गइरहेको बी आर ३८ ए डब्लु ३७७६ नम्बरको भारतीय कारबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कारको डिक्कीमा गाँजा फेला पारेको थियो । इलाका प्रहरी कार्यालय रानीले गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान गरि...
सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

विराटनगर । सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाएको छ । आज तोलामा छ सय बढेको सुन एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २० रुपैयाँ बढेर चाँदी दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना

सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ झण्डा चोक स्थित करम खोलामा कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । विराटनगरबाट हेटौँडार्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ६०६९ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।  दुर्घटनामा इटहरी उपमहानगरपालिका–५ का ४१ वर्षीय मनोज कार्की, विराटनगर-११ का ७१ वर्षीय युवराज कार्की, उनकी श्रीमती ६१ वर्षीया कविता कार्की र सोही स्थानकी ८ वर्षीया आर...
धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण

धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण

धनकुटा । धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण कार्यक्रम हुने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले टुँडिखेल नजिक रहेको आफ्नै भवनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । आजबाट सात दिनसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी निर्मलाले जानकारी दिइन् । सो सेवा केन्द्रले आज बिहान पत्रकार भेटघाट कार्यक्रम आ...
विराटनगरमा सय वर्ष नाघेका दुई वृद्धलाई गरियो अभिनन्दन

विराटनगरमा सय वर्ष नाघेका दुई वृद्धलाई गरियो अभिनन्दन

विराटनगर । विराटनगरमा एक सय वर्ष नाघेका दुई वृद्धलाई आज अभिनन्दन गरिएको छ । विराटनगर-६ स्थित घनश्याम पोखरेल स्मृति प्रतिष्ठानले विराटनगर-२ निवासी शताव्दी पुरुष नारायण खनाल र विराटनगर-३ निवासी वद्रीनाथ खतिवडालाई अभिनन्दन गरेको हो । विराटनगर-४ कञ्चनबारी पिपलचौकस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा सय वर्ष नाघेका खनाल र खतिवडालाई सम्मानसहित अभिनन्दन गरिएको हो । कार्यक्रममा कोशी प्रदेश...
उदयपुरमा अटो दुर्घटना हुँदा सात जना घाइते

उदयपुरमा अटो दुर्घटना हुँदा सात जना घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित सेल्फी डाँडामा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । हिजो साउनेबाट गाइघाटतर्फ जाँदै गरेको स १ ह ८८७ नम्बरको अटो ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा तीन जना गम्भीर र चार जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ओरालो बाटोमा ब्रेक फेल हुँदा अटो दुर्घटना भएको हो । दुर्घटनामा त्रियुगा नगरपालिका-१४ साउने की ३३ वर्षीया मन्...
रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । रास्वपा पार्टी मुख्यालय बनस्थलीबाट आज साँझ सीआईबीको टोलीले लामिछानेलाई नियन्त्रणमा लिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप उनीमाथि छ । सो विषयमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । ...
रविलाई पक्राउ गर्न प्रहरी परिचालन

रविलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित भएको छ । लामिछानेलाई नियन्त्रणमा लिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली परिचालित भएको हो ।  लामिछानेलाई पक्राउ गर्न अदालतले पनि अनुमति दिइसकेको छ । उनीमाथि सहकारी ठगीको आरोप छ । रवि लामिछाने पक्राउ 
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलामा ? 

सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलामा ? 

  विराटनगर । आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ ।  आज सुनको मूल्य तोलामा एक लाख ६४ हजार चार सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो सुन तोलामा एक लाख ६२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँ बढेर एक हजार नौ सय ८० ...
धनकुटामा बस र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

धनकुटामा बस र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

धनकुटा । धनकुटामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुम छथर गाउँपालिका–६ का ५४ वर्षीय नेत्र कट्टेल सामान्य घाइते भएका हुन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिजो हिले सिरानमा धरानबाट तेह्रथुम जाँदै गरेको बा २ ख ७२४४ नम्बरको यात्रुवाहक बस र सोही दिशातर्फ जाँदै गरेको को ३८ प ४३५९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । बस चा...
कोशीमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु 

कोशीमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । प्रदेशका विभिन्न जिल्लामा भएका दुई सय ६९ दुर्घटनामा १४ जनाले ज्यान गुमाएका नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । ज्यान गुमाउनेमा १३ पुरुष र एक महिला छन् । असोज १७ गते घटस्थापनादेखि २९ गतेसम्म भएको उक्त दुर्घटनामा ३९ जना गम्भीर घाइते भएका छन् । मोरङमा ९५ स्थानमा द...
शनिबारसम्म यस्तो रहने छ मौसम

शनिबारसम्म यस्तो रहने छ मौसम

विराटनगर । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मधेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको  र बाँकी स्थानमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली...
मुन गीत गजलका सञ्चालकमाथि खुकुरी हानेको आरोपमा दुई जना पक्राउ 

मुन गीत गजलका सञ्चालकमाथि खुकुरी हानेको आरोपमा दुई जना पक्राउ 

विराटनगर । विराटनगर-९ स्थित मुन गीत गजलका सञ्चालक दिलिपकुमार भगत माथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई धरानबाट पक्राउ गरेर विराटनगर ल्याउँदै गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम भने खुलाइएको छैन । मोरङ प्रहरीका निमित्त प्रवक्ता हेमराज ओलीले संगालोखबरसँग भने, ‘पक्राउ गरेर विराटनगर ल्याउँदै गरेको अवस्था हो । यहाँ ल्याइसके पछि थप कुरा खुल्छ ।’ हिजो स...
पाँचथरमा एक पुरुष मृत भेटिए

पाँचथरमा एक पुरुष मृत भेटिए

विराटनगर । पाँचथरमा एक पुरुष मृत भेटिएका छन् । तुम्बेवा गाउँपालिका-२ स्थित सावा खोलामा अन्दाजी ६० वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथरका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार मृतक पुरुषको पहिचान खुल्न बाँकी छ । खोला किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको उनले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र मृतकको पहिचानका लागि गृहकार्य भ...
सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

विराटनगर । आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा एक हजार तीन सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी एक हजार नौ सय ५० रुपैयाँमा कारोबा...
दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा छोराको मृत्यु, आमा घाइते

दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा छोराको मृत्यु, आमा घाइते

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना मोटरसाइकल चालक ओखलढुङ्गाको सिद्धिचरण गाउँपालिका-११ का अन्दाजी २८ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको हो । हिजो दिउँसो इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको बा.प्र.०२-०१८ प ७१७४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रम...
विराटनगरको मुन गीत गजलका सञ्चालकमाथि खुकुरी प्रहार

विराटनगरको मुन गीत गजलका सञ्चालकमाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरको मुन गजलका सञ्चालकमाथि खुकुरी प्रहार भएको छ । मोरङ प्रहरीका अनुसार गीत गजलका सञ्चालक दिलिपकुमार भगत माथि आज साँझ खुकुरी प्रहार भएको हो । उनको देब्रे हात र नाकमा चोट लागेको प्रहरीले जनाएको छ । उनको कोशी अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि दुई जनाको समुहले खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ । भगत माथि खुकुरी प्रहार गर्ने फरार छन् । उनीहरूको खोजी भइरहेको र घटनाका ...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

विराटनगर । आज सुनको मूल्य बढेको छ । असोज २३ गतेपछि आजबाट कारोबार सुरु भएको सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँ बढेको हो । आज दशैँपछिको पहिलो कारोबारको दिन सुन तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत असोज २३ गते सुन तोलामा एक लाख ५९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोला...
हात्तीले आक्रमण गर्दा इलाममा एक जनाको मृत्यु

हात्तीले आक्रमण गर्दा इलाममा एक जनाको मृत्यु

विराटनगर । इलाममा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जङ्गली हात्ती खेदाउन जाँदा चुलाचुली गाउँपालिका-२ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हिजो साँझ राईलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते उनको उपचारका क्रममा दमक स्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर। झापामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-१० हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।  प्रहरीका अनुसार दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार दुर्घटनामा भद्रपुर-१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको हो ।  गएराति चारआलीबाट चन्द्...
धनकुटामा भव्य भयो फूलपाती बढाइँ (फोटो फिचर)

धनकुटामा भव्य भयो फूलपाती बढाइँ (फोटो फिचर)

धनकुटा । धनकुटामा फूलपाती बढाइँ गरिएको छ । आज बिहान प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि तल्लो टुँडिखेलमा पूजाआजा पछि फूलपाती बढाइँ गरिएको हो । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-७ श्रीवानी सब्जीलाइनबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका-४ घर भई श्रीवानीमा कोठा भाडामा बस्दै आएका निर्मल विश्वकर्मा र धनकुटा-७ बस्ने विजय मल्लिक छन् । निर्मलको कोठामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गएराती करिब ११ः३० बजे उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट खैरो हिरोइन, ट्रामनिल, ...
रामलाल गोल्छा आँखा अस्पतालद्वारा बालबालिकाको निःशुल्क आँखा जाँच

रामलाल गोल्छा आँखा अस्पतालद्वारा बालबालिकाको निःशुल्क आँखा जाँच

विराटनगर । रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेसनले विश्व दृष्टि दिवसका अवसरमा बालबालिकाहरूको निःशुल्क आँखा जाँच गरेको छ । ‘बालबालिकाको आँखालाई माया गरौं’ भन्ने नाराका साथ शिविर सञ्चालन भइरहेको फाउण्डेसनले जनाएको छ । उपचार हुन सक्ने रोगले समेत बालबालिकामा अन्धोपनको समस्या बढाइरहेकाले समस्या निराकरण गर्ने उद्देश्यले निःशुल्क शिविरको आयोजना गरिएको अस्पताल व्यवस्थापक नवीन राजवंशीले बताए । बच्चाको ज...
सुनसरीबाट ५० हजार नक्कली नोटसहित एक जना पक्राउ

सुनसरीबाट ५० हजार नक्कली नोटसहित एक जना पक्राउ

सुनसरी । सुनसरीबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिनगर गाउँपालिका-७ का ३१ वर्षीय हजरुल खातुनको घरबाट एक हजार दरका ५० वटा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले खातुनलाई नक्कली नोटसहित पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार एक हजार द...
उदयपुरमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, टाउको बोकेर हिँड्दै गर्दा श्रीमान पक्राउ

उदयपुरमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, टाउको बोकेर हिँड्दै गर्दा श्रीमान पक्राउ

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–६ का ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङ श्रीमतीको टाउको काटेर बाटोमा हिड्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आज साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले संगालोखबरलाई जानकारी दिए । सामान्य घरायसी विवादका क्रममा २८ वर्षीय श्रीमती प्रमिला लामालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको उनले जानकारी दिए । एसपी योगीका अन...
जिल्ला अस्पताल भोजपुर प्रथम

जिल्ला अस्पताल भोजपुर प्रथम

विराटनगर । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेका विभिन्न मापदण्ड पुरा गर्दै जिल्ला अस्पताल भोजपुर प्रथम भएको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रदेश स्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीका क्रममा ८२.३१ अङ्क प्राप्त गरेर प्रथम भएको भोजपुरलाई सम्मान गरिएको छ । यस्तै ७८.७० अङ्क प्राप्त गर्दै तेह्रथुम दोश्रो र ७६.१२ अंक प्राप्त गर्दै उदयपुर तेश्रो भएको छ । स्वास्थ्य कार्यालयहरूमा ७६.६४ अङ्क ...
error: Content is protected !!