संगालोखबर


विराटनगर । सरकारले दर्ता प्रक्रियामा नआएका भन्दै २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेसँगै दर्ता प्रकृयामा नआएका सामाजिक सञ्जाल बन्द गर्न लागिएको हो ।

नेपालमा हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपो लाइभ गरी पाँच वटा सामाजिक सञ्जाल प्लेटफर्म सूचीकृत भइसकेका मन्त्रालयले जनाएको छ । यी पाँचवटा प्लेटमर्फ भने सञ्चालन हुनेछन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभर नचल्नेगरी रोक लगाउन लागिएको हो । सूचीकृत हुन आएको खण्डमा पुनः खोलिने सरकारले जनाएको छ ।

सञ्चार मन्त्रालयमा सूचीकृत नभएका फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर, लिंक इड, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि व, मि भिके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो बन्द गर्ने निर्णय गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!