झापामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहान हात्तीको आक्रमणबाट दमक नगरपालिका-३ का ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो । हात्तीले आक्रमण गर्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । झापा प्रहरीका अनुसार भण्डारीलाई राति २ बजेतिर हात्तीले आक्रमण गरेको थियो । छिमेकीको घरमा आएको हात्ती धपाउन खोज्दा उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

विराटनगर । स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गरिदैछ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीमाथि जाँचबुझ गरी ४ गते बेलुकासम्म निर्णय दिनुपर्नेछ । उम्मेदवारले नाम फिर्ता लिन ५ गते दिउँसो १ बजेसम्मको समय दिइएको छ । ५ गतेनै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उनीहरूलाई निर्वाचन चिह्न पन...
मोरङ र झापामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ र झापामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर । मोरङ र झापामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हिजो पथरी शनिश्चरे-२ सुनझोडामा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बागमती प्र ०३-००१ ख २९२८ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक पथरी शनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदेम्बे र पछाडी सवार पथरी ...
साँगुरीगढीको एक परिवारलाई जस्तापाता सहयोग

साँगुरीगढीको एक परिवारलाई जस्तापाता सहयोग

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ स्थित क्यान्सरबाट निधन भएकी कमला याखाको परिवारलाई जस्तापाता प्रदान गरिएको छ । हिजो समाजसेवी तथा शिक्षकहरूको समन्वयमा उनका श्रीमान शुक्रबहादुर याखालाई ४० हजार बराबरको जस्तापाता प्रद्यान गरिएको हो । नेपाल उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाल शिक्षक सङ्घका अध्यक्ष थीरेन्द्र लिम्बू, नेपाल शिक्षक महासङ्घका जिल्ला सचिव घनेन्द्र बहादुर ...
कोशीका दुई जिल्लामा ४६ हजार गाँजाको बोट नष्ट 

कोशीका दुई जिल्लामा ४६ हजार गाँजाको बोट नष्ट 

विराटनगर । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानमा अवैध रूपमा लगाएको गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अवैध रूपमा लगाइएको र आफैँ उम्रिएका गाँजाका बोट नष्ट गरिएको हो । हिजो इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभूमि र साँगुरीगढी गाउँपालिकाको बिभिन्न स्थानम...
डिजेल र मट्टीतेलको भाउ बढ्यो

डिजेल र मट्टीतेलको भाउ बढ्यो

विराटनगर । डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर तीन रुपैयाँका दरले डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार आन्तरिक बजार समायोजन गरिएको निगमले जनाएको छ । मूल्य बढेपछि अब चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । नयाँ मूल्य शुक्रब...
इलामलाई हराउँदै आयोजकले जित्यो राजारानी भेट्रान फुटबलको उपाधि

इलामलाई हराउँदै आयोजकले जित्यो राजारानी भेट्रान फुटबलको उपाधि

धनकुटा । आयोजक हाम्रो राजारानी भेट्रान फुटबल क्लबले चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा सञ्चालित राजारानी भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा इलाम फुटबल क्लब यु.के. भेट्रान लण्डनलाई २-१ गोलले पराजित गर्दै राजारानी भेट्रानले उपाधि जितेको हो । खेलको ७ औं मिनेटमा लोक चेम्जोङ ले गोल गर्दै राजारानी भेट्रानको खाता खोलेका थिए । मध्यान्तरपछिको ८ औं मिनेटमा लण्डनका नरेन्द...
धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने

धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने

धनकुटा । धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने भएको छ । धनकुटा नगरपालिकाको आयोजनामा आगामी मंसिर ४ गते प्रदर्शनी गर्न लागिएको हो । एभोकाडोसहितका स्थानीय उत्पादनहरूको प्रवर्द्धन तथा कृषक एवं उद्यमीहरूलाई प्रोत्साहनका लागि प्रदर्शनी गर्न लागिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । नगरपालिका कार्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने प्रदर्शनीमा ए...
नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु

नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु

विराटनगर । नेपालबाट आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु भएको छ । नेपालका ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् । उद्घाटनसँगै आज राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ । यससँगै नेपाल-बंगलादेशबीच विद...
ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि ग्रामथानमा कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले कार्यालय स्थापनासँगै सर्वदलीय छलफल गरेका छन् । छलफलमा राजनीतिक दलले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंसिर दुई गते उम्मेदवारको मन...
नेपालले आजबाट बंगलादेशलाई विजुली बेच्ने, कति हुन्छ आम्दानी ?

नेपालले आजबाट बंगलादेशलाई विजुली बेच्ने, कति हुन्छ आम्दानी ?

विराटनगर । नेपालले आजबाट वंगलादेशलाई विजुली बेच्दैछ । भारतीय अनुदानमा निर्माण भएको २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र सहायक कम्पनीमार्फत बनाइएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट विजुली बंगलादेशलाई बिक्री गर्न लागिएको हो । यसका लागि गत असोज १७ गते नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता भइसकेको छ । आज दिउँसो १२ः४५ बजे विजुली बेच्ने प्रकृयाको तीन वटै देशका ...
दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य आज उकालो लाग्यो

दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य आज उकालो लाग्यो

विराटनगर । दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य आज उकालो लागेको छ । गत कात्तिक १५ गते प्रतितोला एक लाख ७१ हजार पुगेको सुनको मूल्य त्यसयता भने निरन्तर घटेको थियो । दुई साताको अवधिमा ११ हजार मूल्य घटेर आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो । आज सुन तोलामा एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा दुई हजार दुई सय रुपैयाँले घटेर ए...
स्रष्टा र सिर्जनाको नवौँ शृङ्खलामा कट्टेल र शिवा प्रस्तुत हुँदै

स्रष्टा र सिर्जनाको नवौँ शृङ्खलामा कट्टेल र शिवा प्रस्तुत हुँदै

विराटनगर । स्रष्टा र सिर्जनाको नवौँ शृङ्खलामा विराटनगरका कवि हरी कट्टेल र सुनसरीका कवि किरण शिवा प्रस्तुत हुँदै छन् । आज आरोहण गुरुकुल हाटखोलामा हुने कार्यक्रममा कट्टेल र शिवा प्रस्तुत हुन लागेका हुन् ।  विराट आदर्श साहित्य मञ्चको आयोजनामा हुने कार्यक्रममा युवा सम्मानबाट विराटनगरका पत्रकार प्रेम देवानलाई सम्मान गरिने मञ्चका अध्यक्ष कटवाल दिपकले जानकारी दिए ।  कार्यक्रम आज दिउँसो दुई बजे सुरु ह...
दार्चुलामा तीर्थालु बोकेको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

दार्चुलामा तीर्थालु बोकेको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

विराटनगर । दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । आज बिहान मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बर को जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । तीर्थालु बोकेको जिप शैल्यशिखर नगरपालिका-६ स्थित सिराडको खोलामा दुर्घटना भएको हो । मृतकहरूको पहिचान खुल्न बाँकी छ । जिपमा अन्य यात्रु पनि भएको आशङ्कामा खोजी कार्य...
धनकुटा नगरमा वाडाङमेटको स्थानीय बिदा

धनकुटा नगरमा वाडाङमेटको स्थानीय बिदा

धनकुटा । धनकुटा नगरपालिकाले भोलि शुक्रबार स्थानीय बिदा दिएको छ । धनकुटामा बसोवास गर्ने आठपहरिया जातिको मुख्य पर्व वाडाङमेटको अवसरमा नगरपालिकाले एक दिन बिदा दिएको हो । स्थानीय आठपहरिया जातिको महान पर्व भएकाले बिदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘आठपहरियाहरुको मुख्य थलो धनकुटा नै हो, उहाँहरूको मुख्य पर्व भएकाले वाडाङमेटमा हरेक वर्ष बिदा दिने गरिएको छ,’ नगर प्रमुख ता...
न्युरो समाजको राष्ट्रिय सम्मेलन विराटनगर र इटहरीमा हुने

न्युरो समाजको राष्ट्रिय सम्मेलन विराटनगर र इटहरीमा हुने

विराटनगर । नेपाल न्युरो समाजको राष्ट्रिय सम्मेलन कोशी प्रदेशमा हुने भएको छ । न्युरो समाजले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गरेर भोलि र पर्सि विराटनगर र इटहरीमा एघारौँ राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिएको हो । इटहरीको होटल सोल्टीमा भोलि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलन उद्‌घाटन गर्नेछन् । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष तथा वरिष्ठ न्युरो सर...
सांसद राईले दिए १० जनालाई ह्वीलचियर

सांसद राईले दिए १० जनालाई ह्वीलचियर

धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् । एमाले केन्द्रिय सदस्यसमेत रहेका सांसद राईले चौबिसे गाउँपालिकाका छ, पाख्रीवासका दुई तथा सहिदभूमि र धनकुटा नगरका एक/एक जना व्यक्तिलाई ह्वीलचियर दिएका हुन् । अपाङ्गता भएका सहिदभूमि-२ का तिर्थभक्त राईलाई सांसद राईले ह्वीलचियरसहित आफ्नो पारिश्रमिकबाट नगद २५ हजार सहयो...
दुई सातादेखि लगातार घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

दुई सातादेखि लगातार घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज एकैदिन सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६० हजार कायम भएको छ । हिजो सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार सुन तोलामा एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । गत कात्तिक १५ गते सुनको मूल्य एक लाख ७१ हजार कायम भएको थियो । त्यसयत...
उदयपुरमा पाँच दलले उम्मेदवार टुङ्गो लगाए

उदयपुरमा पाँच दलले उम्मेदवार टुङ्गो लगाए

उदयपुर । उदयपुरमा दुई वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ मा रिक्त वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनका लागि पाँच राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाएका छन् ।  त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली काँग्रेसले सञ्जीव काफ्लेलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी  (एमाले) ले लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी  (माओवादी ...
कोशी ग्यासको सिलप्याक सिलिन्डरमा तौल कम भेटिएपछि…

कोशी ग्यासको सिलप्याक सिलिन्डरमा तौल कम भेटिएपछि…

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि पठाएको सिलप्याक सिलिन्डरमा तौल कम पाइएको छ । विराटनगर-३ बुद्धचोकका राजेन्द्र खनालले खरिद गरेको चार वटा सिलिन्डरमा १६ किलो तौल कम पाइएको हो । खनालले आज दिउँसो रिक्सामा डुलाउनेसँग ग्यास खरिद गरेका थिए । ग्यास कम भएको शङ्का लागेपछि उनले प्रहरीलाई खबर गरेका थिए । नाप तौल तथा गुणस्तर कार्यालय विराटनगरका निरीक्षक म...
यूएईलाई हराउँदै नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनोट

यूएईलाई हराउँदै नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनोट

विराटनगर । नेपाल यू-१९ महिला टी-२० क्रिकेटमा छनोट भएको छ । यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालकी सना प्रवीनले ३५, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १३, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् । यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यू...
उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड 

उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड 

विराटनगर । उद्योग सङ्गठन मोरङले एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड प्राप्त गरेको छ । २७ वढी देशका ८१ वटा औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै मोरङले अवार्ड जितेको हो । उद्योग सङ्गठन मोरङले क्यासी अवार्ड लोकल चेम्बर, विग क्याटेगोरी उत्कृष्ट चेम्बरको अवार्ड र दुई हजार डलर प्राप्त गर्न सफल भएको छ । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज र सिङ्गापुर म्यानुफ्याक्चर...
पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा मोरङ र सुनसरीका चारजना पक्राउ

पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा मोरङ र सुनसरीका चारजना पक्राउ

विराटनगर । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरूलाई कपिलवस्तु जिल्लाको बुद्धभूमि गाउँपालिका-२ बाट पक्राउ गरिएको हो ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख १९९२ नम्बरको ट्रकलाई चेकजाँच गर्दा पशुलाई निर्दयी व्यवहार गरेको पाइएको थियो ।  पक्राउ पर्नेमा विराटनगर-३ मानगढका ३८ वर्षीय हेमु श्रेष्ठ, २७ वर्षीय रमेश श्रेष्ठ...
कोशीमा बन्यो दुई दलीय संयन्त्र, यस्ता छन् निर्णय

कोशीमा बन्यो दुई दलीय संयन्त्र, यस्ता छन् निर्णय

विराटनगर । कोशी प्रदेशमा दुई दलीय संयन्त्र निर्माण गरिएको छ । सत्तारुढ नेकपा एमाले र नेपाली काङ्ग्रेसको संयन्त्र निर्माण गरिएको हो । दुई दलीय संयन्त्रमा कोशीका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । संयन्त्रमा एमालेका तर्फबाट प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र पार्टीका प्रदेश अध्यक्ष घनश्याम...
धरानबाट ३०७ किलो गाँजासहित पक्राउ परे कृषि फर्म सञ्चालक राई 

धरानबाट ३०७ किलो गाँजासहित पक्राउ परे कृषि फर्म सञ्चालक राई 

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ खैरेनीबाट गाँजासहित कृषि फर्मका सञ्चालक पक्राउ परेका छन् । सुप्रिम एग्रिकल्चर कृषि फर्मका सञ्चालक धरान-१३ का ४४ वर्षीय मनिराज राई ३०७ किलो गाँजासहित पक्राउ परेका हुन् ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कृषि फर्मबाट गएराति गाँजा बरामद गरेको हो ।  गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा ...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

विराटनगर । आज सुनको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६२ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक लाख ६२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य बढेको छ । आज तोलामा १५ रुपैयाँ बढेर चाँदी तोलामा एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी त...
आठ किलो गाँजासहित दुई जना पक्राउ

आठ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । मोरङको विराटनगर र कटहरीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । गाँजाको कारोबार भइरहेको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कटहरी गाउँपालिका-१ का ४१ वर्षीय गोपालकुमार राजवंशीको घरबाट पाँच किलो गाँजा बरामद गरेको छ । घरको कोठाभित्र प्लाष्टिकमा पोको पारेर राखेको गाँजासहित राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ...
काँकडभिट्टा नाकाबाट पाँच अर्ब भन्दा बढीको प्लाइबोर्ड भारत निर्यात

काँकडभिट्टा नाकाबाट पाँच अर्ब भन्दा बढीको प्लाइबोर्ड भारत निर्यात

झापा । झापाको काँकडभिट्टा नाकाबाट ५ अर्ब भन्दा बढीको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको छ । २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म ५ अर्ब ९२ करोड ५ लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । पहाड क्षेत्रमा पाइने उत्तिस, कदम, मौवा लगायत कमसल मानिने ‘कु-काठ’ बाट भेनियर पत्ती र प्लाइबोर्ड बन्ने गरेको छ । गोलिया काठबाट भेनियर प...
धनकुटाका कृषि वैज्ञानिक पौडेलको निधन

धनकुटाका कृषि वैज्ञानिक पौडेलको निधन

धनकुटा । धनकुटाको पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डा.कृष्ण पौडेलको निधन भएको छ । पाख्रीवास नगरपालिका-३ चेतनामार्ग घर भएका ४२ वर्षीय पौडेलको डेंगु संक्रमणबाट निधन भएको छिमेकी नगेन बस्नेतले जानकारी दिए । केही दिन अघिदेखि ज्वरो आएपछि उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र...
समाज बदल्न एमालेको जित आवश्यक छ : शंकर पोखरेल

समाज बदल्न एमालेको जित आवश्यक छ : शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाज बदल्न एमालेको जित आवश्यक रहेको बताएका छन् । एमाले मोरङले ग्रामथान गाउँपालिकामा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले स्थानीय तहमा आधुनिक विकाससँगै प्रविधिको प्रयोग बढाउनु पर्ने बताए । उनले उपनिर्वाचन एमालेको मिसन ८४ का लागि ठुलो अवसर भएको उल्लेख गरे । यसका लागि पार्...
विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न भएको छ । कोशी प्रदेशका पाँच जिल्लामा हुने ट्यालेन्ट हन्ट इलाम पछि झापामा सम्पन्न भएको हो । झापाको बिर्तामोडको युनाइटेड क्लबमा एक सय बढी खेलाडीहरूबीच ट्यालेन्ट हन्ट आज सकिएको हो । टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले झापाबाट पाँच जना खेलाडी छनोट गरेका छन् । छानिएका खेलाडीलाई विराटनगरमा ह...
error: Content is protected !!