सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

विराटनगर । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् ।
धनकुटामा भीमनारायण गोल्डकप सुरु

धनकुटामा भीमनारायण गोल्डकप सुरु

धनकुटा । धनकुटामा आजबाट भीम नारायण गोल्डकप सुरु भएको छ । सहिद भिमनारायण प्रतिष्ठानको आयोजनामा १७ औं संस्करणको गोल्डकप आजबाट सुरु भएको हो । धनकुटाको तल्लो टुँडिखेलमा प्रतियोगिता भइरहेको छ । आजको पहिलो उद्‌घाटन खेलमा आयोजक धनकुटा र नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा आठ टिमको सहभागिता छ । चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले सात लाख र...
महावीर पुन विराटनगरमा सम्मानित

महावीर पुन विराटनगरमा सम्मानित

विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुन विराटनगरमा सम्मानित भएका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले आफ्नो आत्मकथामा आधारित पुस्तक बिक्री गर्न आएका पुनलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको हो । पुनलाई निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले माला, खादा, अबिर र...
विराटनगरमा सोमबारदेखि इक्युवालिटी कप क्रिकेट हुँदै

विराटनगरमा सोमबारदेखि इक्युवालिटी कप क्रिकेट हुँदै

विराटनगर । विराटनगरमा सोमबार देखि चौथो संस्करणको इकयुवालिटी कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा मयारिलिबोन क्रिकेट क्लब र क्रिकेट विथआउट बाउन्ड्रिजसँगको सहयोगमा प्रतियोगिता हुन लागेको हो । विराटनगर-६ स्थित ‘म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड’ मा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रति...
सिरहाको मिर्चैयामा मापदण्ड विपरीत सञ्चालनमा रहेका १३ अस्पताल बन्द

सिरहाको मिर्चैयामा मापदण्ड विपरीत सञ्चालनमा रहेका १३ अस्पताल बन्द

विराटनगर । सिरहाको मिर्चैयामा अवैधरूपमा सञ्चालित १३ वटा निजी अस्पताल बन्द गरिएको छ । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालनमा रहेका अस्पताल बन्द गरेको हो । अनुगमन गरिएका १४ अस्पतालमध्ये १३ वटा अवैध रहेको जनाइएको छ । सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल र एसजेके पोलिक्...
उदयपुरबाट बेवारिसे अवस्थामा आठ सय ९१ किलो गाँजा बरामद

उदयपुरबाट बेवारिसे अवस्थामा आठ सय ९१ किलो गाँजा बरामद

विराटनगर । उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । बेलका नगरपालिका-६ असारे स्थित मूर्तिखोलाबाट सशस्त्र प्रहरीले आठ सय ९१ किलो गाँजा बरामद गरेको हो । शनिबार साँझ सशस्त्रले ठूलो परिमाणमा गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचना पाएको थियो । सोही सूचनाका आधारमा खटिएको टोलीले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्र हुँद...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार एक हजार चार सय रुपैयाँ बढेर हालसम्मकै उच्च भएको सुनको मूल्यले आज छ सय रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । शु...
भोजपुरले जित्यो सहिद प्रकाश थापा स्मृति कप भलिबलको उपाधि 

भोजपुरले जित्यो सहिद प्रकाश थापा स्मृति कप भलिबलको उपाधि 

धनकुटा । पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका-१ स्थित घंगरुमा शनिबार सम्पन्न खेलमा मोरङको बेलबारी नगरपालिकालाई हराउँदै षडानन्दले उपाधि जितेको हो । बेलबारीलाई २५-१८, २५-२१, २२-२५ र २५-२१ को सेटमा षडानन्दले हराएको थियो । विजेता बन्दै षडानन्द नगरपालिकाले एक लाख २१ हजार र उप...
भिमनारायण गोल्डकपको तयारी पुरा

भिमनारायण गोल्डकपको तयारी पुरा

धनकुटा । धनकुटामा आगामी चैत १७ गतेबाट सुरु हुने भिमनारायण गोल्डकपको तयारी पूरा भएको छ । सहिद भिमनारायण प्रतिष्ठानको आयोजनामा हुन लागेको १७ औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने जानकारी दिएको छ । प्रतियोगितामा आयोजकसँगै सप्तरीको नमो बुद्ध युथ फुटबल क्लब, काठमाडौको चितलाङ्ग फुटबल क्लब र झापाको बिर्तामोड युनाइटेड क्...
पत्रकार हत्या र सञ्चार गृहमा आक्रमण गर्नेमाथि कारबाहीकाे माग

पत्रकार हत्या र सञ्चार गृहमा आक्रमण गर्नेमाथि कारबाहीकाे माग

धनकुटा । पत्रकार हत्या र सञ्चार गृहमाथि भएको आक्रमणको विरोधमा धनकुटाका पत्रकारहरू पनि आन्दोलित भएका छन् । शुक्रबार राजावादीको प्रदर्शनमा एभिन्युज टेलिभिजनका पत्रकार  सुरेश रजकको हत्या तथा विभिन्न सञ्चार गृहमा तोडफोड गरिएको भन्दै आज पत्रकार महासङ्घ धनकुटाले विरोधसभा आयोजना गरेको हो । उनीहरूले पत्रकारलाई जिउँदै आगो लगाएर हत्या गर्ने र सञ्चार माध्यममाथि तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्...
राजावादी अराजक बन्दा रणभूमि बन्यो काठमाडौं

राजावादी अराजक बन्दा रणभूमि बन्यो काठमाडौं

काठमाडौं । राजावादीको प्रदर्शन अराजक र हिंसात्मक बनेपछि काठमाडौंको तीनकुने क्षेत्र शुक्रबार रणभूमिमा परिणत भएको छ । प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेपनि राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरुदेखि नै झडपको अवस्था सिर्जना भयो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थाप...
राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु

राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु

काठमाडौँ । काठमाडौंको तीनकुनेमा राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु भएको छ । दृष्य खिच्न घरमा चढेका बेला आन्दोलनकारीले आगो लगाउँदा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो । आन्दोलनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगो लगाएका थिए । सोही क्रममा पत्रकार रजक आगोमा जलेका हुन् । उनी घरको चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।
राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु

राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । राजावादीले शुक्रबार काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका कीर्तिपुर-४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल ल्याएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । मृत...
पाँच दशक बसेको ठाउँबाट हटाइएपछि सुनवर्षीका लक्ष्मी पासवानको परिवार बिचल्लीमा

पाँच दशक बसेको ठाउँबाट हटाइएपछि सुनवर्षीका लक्ष्मी पासवानको परिवार बिचल्लीमा

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ टकुवा स्थित बङ्गाली टोलका लक्ष्मी पासवानको परिवार यतिबेला बिचल्लीमा छ । गत मंसिर १२ गते पाँच दशकअघि लक्ष्मीका बुबाले बनाएको घर अदालतको आदेशपछि भत्कियो । त्यही छेउमा उनीहरूले सामान्य घेराबेरा गरेर रात कटाउने टहरो बनाए । तर, उक्त टहरो पनि चैत १३ गते बिहीबार भत्काइएको छ । जसले आफ्नो परिवार बिचल्लीमा परेको लक्ष्मीले बताए । अहिले छिमेकीको घरमा पालैपालो शरण लिन ...
काठमाडौंको तीनकुने क्षेत्रमा कफ्‌र्यु 

काठमाडौंको तीनकुने क्षेत्रमा कफ्‌र्यु 

काठमाडौं । राजावादीको प्रदर्शन अराजक बनेपछि तीनकुने क्षेत्रमा कफ्‌र्यु लगाइएको छ । राजावादीहरूको प्रदर्शन अराजक र हिंसात्मक बन्दै गएपछि कफ्‌र्यु जारी गरिएको हो ।
आजको प्रदर्शनका घाइतेलाई केएमसीले निःशुल्क उपचार गरिदिने

आजको प्रदर्शनका घाइतेलाई केएमसीले निःशुल्क उपचार गरिदिने

विराटनगर । आजको प्रदर्शनमा घाइते भएकाहरूलाई काठमाडौं मेडिकल कलेज (केएमसी)ले निःशुल्क उपचार गरिदिने भएको छ । अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै निःशुल्क उपचार गरिदिने जनाएका हुन् । सामाजिक उत्तरदायित्व अन्तरगत घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ । तर, उपचार गर्दा लाग्ने औषधी र औषधीजन्य सामग्री सम्बन्धित व्यक्तिले नै प्रबन्ध गर्नुप...
राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिको सुनको सिक्री हराएपछि…

राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिको सुनको सिक्री हराएपछि…

विराटनगर । राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिले साढे दुई तोलाको सुनको सिक्री लुटिएको बताएका छन् । जुलुसतर्फ अघि बढ्दा आफूलाई पछाडिबाट थिच्दै घाँटीमा लगाइराखेको सिक्री लुटिएको उनले बताएका हुन् । उनले एक भिडियोमा भनेका पछाडिबाट घाँटीमा समाएर सिक्री लुटेको उल्लेख गरेका छन् । उनले आफूसँग अब रुनु बाहेकको विकल्प नभएको बताएका छन् । उनले तीन लाख मूल्य बढीको सिक्री लुटिएको जनाएका छन् । उनले बिलौना...
राजावादीको प्रदर्शनमा सुरक्षाकर्मीको बन्दुक खोसियो

राजावादीको प्रदर्शनमा सुरक्षाकर्मीको बन्दुक खोसियो

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् । यस्तै प्रदर्शनकारीले एक महिला सशस्त्र प्रहरीको टाउको समेत फुटाइदिएका छन् । प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी समेत भएको छ । घरमा लागेको आगो नियन्त्रणको प्रयास ...
भारतमा गाडी दुर्घटना हुँदा तीर्थ गएका चार नेपालीको मृत्यु

भारतमा गाडी दुर्घटना हुँदा तीर्थ गएका चार नेपालीको मृत्यु

विराटनगर । भारतमा गाडी दुर्घटना हुँदा तीर्थयात्रामा गएका चार नेपालीको मृत्यु भएको छ । दाङका तुलसीपुरबाट तीर्थयात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको गाडी बिहीबार बेलुका भारतको बहराइचमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईँ र वडा ७ का जितबहादुर वलीसहित चार जनाको ज्यान गएको जनाइएको छ । ज्यान गुमाएका तुलसीपुरकै अन्य दुई जनाको प...
इलाममा गाडिएको अवस्थामा किशोरीको शव फेला, हत्या आरोपमा श्रीमान पक्राउ

इलाममा गाडिएको अवस्थामा किशोरीको शव फेला, हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर । इलाममा १५ दिनदेखि हराइरहेकी किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ ।  फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव सोही गाउँपालिकाको गोलाइ भन्ने स्थानमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार कट्टेलको शव आज बिहान उत्खनन् गरिएको छ । उत्खनन् पश्चात शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार चार सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत ७ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम...
धनकुटामा पहिचान नखुलेका वृद्ध मृत फेला

धनकुटामा पहिचान नखुलेका वृद्ध मृत फेला

धनकुटा । धनकुटामा एक वृद्ध व्यक्तिकाे शव फेला परेकाे छ । आज दिउँसाे करिब ४ बजे साँगुरीगढी गाउँपालिका-९ चाँदी बजार स्थित सदुवा खाेलाकाे ओढारमा शव फेला परेकाे हाे । अन्दाजी ७० वर्षका वृद्ध व्यक्तिको पहिचान खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनकाे शव पाेष्टमार्टमका लागि धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेपा पठाइएका...
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर नगरपालिका-१२ रुपनगरका २७ वर्षीय बिक्रम बञ्जाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल अस्पतालमा आज बिहान मृत्यु भएको हो । सप्तरीको रुपनी ग...
धनकुटामा आगामी बैशाख ५ गतेदेखि भलिबल उत्सव हुने

धनकुटामा आगामी बैशाख ५ गतेदेखि भलिबल उत्सव हुने

धनकुटा । धनकुटामा आगामी बैशाख ५ गतेदेखि भलिबल उत्सव हुने भएको छ । जिल्ला भलिबल सङ्घ धनकुटाको आयोजनामा उत्सव हुन लागेको हो । धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा हुने उत्सवमा जिल्लाका ६० वटै वडाका पुरुष तथा महिला भलिबल खेलाडीको सहभागिता हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । उत्सव अन्तरगत वडा र पालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने जिल्ला भलिबल सङ्घका अध्यक्ष गौरव कार्क...
धनकुटामा डढेलो बस्तीमा सल्कँदा दुई घर जले

धनकुटामा डढेलो बस्तीमा सल्कँदा दुई घर जले

धनकुटा । धनकुटामा वनमा लागेको डढेलो बस्तीमा सल्कँदा दुई घर जलेर नष्ट भएका छन् । बुधबार साँझ चौबिसे गाउँपालिका-४ बाजथलाका राम बहादुर पाख्रिन र हिरेन्द्र निरौलाको घरगोठ जलेका हुन् । देउराली सामुदायिक वनबाट सल्केको डढेलो बस्तीमा पस्दा घर तथा गोठमा भएको अन्नपात, कपडा तथा फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालल...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा कारोबा...
सहिदभूमिबाट सात बोरा गाँजासहित एक जना पक्राउ

सहिदभूमिबाट सात बोरा गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाबाट एक सय पाँच किलो गाँजासहित एक जना पक्राउ परेका छन् । बुधबार राति सहिदभूमि-१ का २६ वर्षीय अभिषेक विकलाई प्रहरीले पक्राउ गरेको हो । को १ ह ९१३३ नम्बरको अटोमा सात वटा बोरामा प्याक गरेर रातमाटेतर्फ लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको गस्ती टोलीले पक्राउ...
धनकुटामा सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिता सुरु

धनकुटामा सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ घंगरुमा अन्तरपालिका खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सहिद प्रकाश थापा स्मृति ट्रष्टको आयोजना तथा गाउँपालिकाको सहयोगमा बुधबारबाट पाँचौँ संस्करणको प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले उद्‌घाटन गरेका थिए । उद्घाटन खेलमा आयोजकलाई साँगुरीगढी गाउँपालिकाले १५-२५, २५-१८, २५-२० र २६-२४ ले हराउँदै पहिलो ...
इटहरीको सेन्ट्रल प्लाजाको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा

इटहरीको सेन्ट्रल प्लाजाको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा

विराटनगर । इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ । आज बिहान करिब ९ः३० बजेबाट सुरु भएको आगलागी दिउँसो ३ः३० बजे नियन्त्रणमा आएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । आगलागीमा पसेका ११ जनाको नेपाली सेनाको हेलिकोप्टर र सुरक्षाकर्मीको टोलीले उद्धार गरेको थियो । इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डासहित एउटा सिनेमा हल सञ्चालनमा थियो...
इटहरीको सेन्ट्रल प्लाजाको आगलागी नियन्त्रणको प्रयास जारी

इटहरीको सेन्ट्रल प्लाजाको आगलागी नियन्त्रणको प्रयास जारी

विराटनगर । सुनसरीको इटहरीमा रहेको ९ तले व्यापारिक भवन सेन्ट्रल प्लाजाको आगलागी अझै नियन्त्रणमा आएको छैन । आज बिहान ९ः३० बजेबाट सुरु भएको आगो नियन्त्रणको प्रयास जारी छ । पूर्णरूपमा आगो नियन्त्रणमा आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि १२ वटा दमकल प्रयोग गरिएको छ । आगलागीमा पसेकाहरूलाई सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्टर प्लाजाको प...
सुनसरीमा सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

सुनसरीमा सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

विराटनगर । सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा एक बालिकाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका-६ साहु टोलका सुदीप साह की तीन वर्षीया छोरी चन्दाको मृत्यु भएको हो । छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लाग्दा बालिका घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमक...
error: Content is protected !!