खोटाङ घर भएका बाबु-छोरा भक्तपुरमा मृत भेटिए
विराटनगर । खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका-१ घर भएका बाबु-छोरा भक्तपुरमा मृत भेटिएका छन् । आज बिहान सुर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा टोलमा उनीहरू मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य मृत फेला परेका हुन् । उनीहरू छुट्टाछुट्टै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।
कुलप्रसादका दुई छोरा ...






























