पत्रकारिता क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विराटनगरमा सुझाव संकलन
विराटनगर । कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा सुझाव संकलन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोग तथा संगालो खबर मिडिया प्रालिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सुझाव संकलन गरिएको हो ।
पत्रकारितामा आबद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा वर्ग लगायतसँग विराटनगरमा गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न समूह बनाए...






























