झापामा खोलामा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु
विराटनगर । झापाको गौराहदह नगरपालिका-९ स्थित सिस्ने खोलामा तीन बालिकाको मृत्यु भएको छ । आज दिउँसो माछा मार्ने क्रममा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अञ्जु मगरका ७ वर्षीया छोरी सुष्मा र ९ वर्षीया स्वीकृति मगर तथा निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियारको मृत्यु भएको हो ।
‘चार जना बालिका माछा मार्न गएको भन्ने खुलेको छ’ जिल्ला प्...































