कोशी र मधेशका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशी र मधेशका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश लगाय बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली भइरहेको छ । त आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साध...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार तीन सय ३५ रुप...
पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न परिपत्र

पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न परिपत्र

विराटनगर । प्रहरी प्रधान कार्यालयले पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन देशैभरका प्रहरी युनिटमा परिपत्र गरिएको हो । गत असारमा महान्यायाधिवक्ताको कार्यालयले पक्राउ परेका व्यक्तिको फोटो र भिडियो  सार्वजनिक नगर्ने निर्णय गरेको थियो । कार्यालयले निर...
अर्किडमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

अर्किडमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर-१० मा रहेको अर्किड माध्यमिक विद्यालयको कक्षा ११ मा एक हजार बढी विद्यार्थी भर्ना भएका छन् । विज्ञान र व्यवस्थापन संकायतर्फ भर्ना भएका विद्यार्थीलाई कलेजले आज एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरणसँगै स्वागत गरेको हो । विद्यालयका अध्यक्ष अमित ढकालले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको अर्किडले सोही अनुरूप विद्यार्थीहरूलाई शिक्षा दिँदै आएको बताए । प्रधानाध्यापक सीएम श्रेष्ठले अन...
मोरङको कटहरीमा करेन्ट लागेर कर्मचारीको मृत्यु

मोरङको कटहरीमा करेन्ट लागेर कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका-६ थलाहामा करेन्ट लागेर कन्स्ट्रक्सनका कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर घर भएका २६ वर्षीय सुभाष सार्की छन् । उनलाई मंगलबार राति बद्री यादवको घरमा मिटर बक्स राख्नलाई तार जडान गर्ने क्रममा करेन्ट लागेको थियो । बिजुलीको पोलमा चढेर तार जडान गर्दैगर्दा राति ८ बजेतिर सार्कीलाई अचानक करेन्ट लागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइ...
पुष्पलालको स्मृतिमा वृक्षारोपण तथा अन्तरक्रिया

पुष्पलालको स्मृतिमा वृक्षारोपण तथा अन्तरक्रिया

विराटनगर । नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा अन्तरक्रिया गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कानेपोखरी गाउँ समिति र रमाइलो क्याम्पस समितिको आयोजनामा कार्यक्रम गरिएको हो । नेकपा (माओवादी केन्द्र)का वैकल्पिक केन्द्रीय सदस्य जयराज सम्योक लिम्बू, प्रदेश महासचिव नयन राई र कानेपोखरी गाउँपाटी इन्चार्...
इनरुवामा घर बनाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक गम्भीर

इनरुवामा घर बनाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक गम्भीर

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-३ मा करेन्ट लागेर घर निर्माणको काम गर्ने मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जू गाउँपालिका-६ का ३५ वर्षीय नन्दकुमार चौधरी छन् । करेन्ट लागेर गढी गाउँपालिका-३ का ३२ वर्षीय श्रवण चौधरी घाइते भएका छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार आज बिहान ११ बजे निर्माणधीन घरको छत ढलान गर्न फलामको डन्डी मिलाउने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो ...
सुनसरीको देवानगञ्जमा छुरा प्रहार गरी छोराले गरे बुबाको हत्या

सुनसरीको देवानगञ्जमा छुरा प्रहार गरी छोराले गरे बुबाको हत्या

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ मा छोराले बुबाको हत्या गरेका छन् । घरायसी विवादका क्रममा ४० वर्षीय मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गरेर ६० वर्षीय बुबा सचिव अन्सारीको हत्या गरेका हुन् । प्रहरीका अनुसार जग्गा विवादमा रियाजले बुबाको शरीरको विभिन्न भागमा छुरा प्रहार गरेका थिए । आज बिहान विवाद उत्कर्षमा पुगेपछि रियाजले बुबालाई छुरा प्रहार गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज ख...
विराटनगरमा पोल भाँचिएका स्थानमा भोलि मात्रै विद्युत सुचारु हुने

विराटनगरमा पोल भाँचिएका स्थानमा भोलि मात्रै विद्युत सुचारु हुने

विराटनगर । विराटनगरमा पोल भाँचिएर विद्युत अवरुद्ध भएको स्थानमा भोलिबाट मात्रै विद्युत सुचारु हुने सम्भावना देखिएको छ । जनशक्ति अभावका कारण भाँचिएका पोल स्थानान्तरणमा ढिलाइ हुँदा आज विद्युत सुचारु हुने सम्भावना छैन । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोज कुमार साहका अनुसार पोल भाँचिदा महेन्द्र चोकदेखि बाबा सिनेमा हालसम्म करिब एक सय घरमा विद्युत अवरुद्ध भएको छ । ‘जनशक्ति अ...
विराटनगरमा कसरी भाँचिए १५ वटा पोल ?

विराटनगरमा कसरी भाँचिए १५ वटा पोल ?

विराटनगर । विराटनगर-१५ स्थित बाबा सिनेमा हल छेउमा रहेको पुरानो पिपलको बोट ढल्दा दुई दर्जन विद्युतीय पोल भाँचिएका छन् । आज बिहान करिब ६ बजे विद्युतको तारमाथि पिपलको बोट ढल्दा पोल भाँचिएका हुन् । पोल भाँचिएपछि बाबा सिनेमा हल आसपाससहित केही क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । ‘पुरानो पिपलको रूख थियो । एक्कासि भाँचिएछ’, वडाध्यक्ष प्रकाश साहले संगालोखबरसँग भने, ‘तारमाथि रूख परेपछि १५ वटा पोल ढलेका छन...
धरानबाट लागूऔषधसहित एक जना पक्राउ

धरानबाट लागूऔषधसहित एक जना पक्राउ

सुनसरी । धरानबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का २७ वर्षीय अन्जान विश्वकर्मा छन् । मंगलबार लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ट्रामाडोल एक हजार आठ सय ७३ क्याप्सुल र डिकोलिक एक हजार आठ सय ३४ ट्याब्लेट बरामद गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता ...
धनकुटामा मनाइयो पुष्पलाल स्मृति दिवस

धनकुटामा मनाइयो पुष्पलाल स्मृति दिवस

धनकुटा । धनकुटामा पनि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस मनाइएको छ । श्रीवनीस्थित एमाले पार्टी कार्यालयमा पुष्पलालको तस्बिरमा माल्यार्पणसँगै उनको योगदानको चर्चा गरेर स्मृति दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले कम्युनिष्ट नेताहरूले देखाएको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे । नेताहरूले परिकल्पना गरेका र बाँकी थुप्रै योजन...
दुई लाख नजिक सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

दुई लाख नजिक सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार तीन सय ५० रुपैयाँमा कारोबार...
ताप्लेजुङमा तमोर, घुन्सा र हेल्लोकमा आएको बाढीले बगायो बेलिब्रिज 

ताप्लेजुङमा तमोर, घुन्सा र हेल्लोकमा आएको बाढीले बगायो बेलिब्रिज 

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट उत्तरी क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका-५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको बेलिब्रिज बाढीले बगाएको छ । चार वर्षअघि करिब पाँच करोड रुपैयाँ लागतमा बनाइएको उक्त बेलिब्रिज आज बिहान आएको बाढीले बगाएको हो । स्थानीयका अनुसार तमोर, घुन्सा र हेल्लोक तीनवटै खोलामा ठूलो बाढी आएको छ । वडा नम्बर ६ का वडाध्यक्ष पेमाटासी शेर्पाका अनुसार आज बिहान...
रोकियो पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक यात्रा

रोकियो पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक यात्रा

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा सक्रिय हुन नपाउने भएकी छन् । एमाले केन्द्रीय कमिटीको गएराती सम्पन्न बैठकले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारीको राजनीतिक यात्रामा अवरोध भएको हो । भण्डारीले केही दिनअघि आयोजित कार्यक्रममा आफू एमालेको सक्रिय राजनीतिमा फर्कने उद्घोष गरेकी थिइन् । अध्यक्ष ओलीसँग सन्तुष्ट नभएकाहरूले अब भण्...
लेटाङमा सीटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु

लेटाङमा सीटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको लेटाङ नगरपालिका-५ स्थित मदन भण्डारी लोकमार्गमा सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो भएको दुर्घटनामा लेटाङ-४ का ३२ वर्षीय जनम तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार सफारी चालक लेटाङ-४ का ३९ वर्षीय भीषण राई पनि सामान्य घाइते भएका छन् । ...
भारोत्तोलन संघ मोरङको अध्यक्षमा थापा चयन

भारोत्तोलन संघ मोरङको अध्यक्षमा थापा चयन

विराटनगर । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् । विराटनगरमा आज भएको साधारणसभाबाट थापाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । समितिको उपाध्यक्ष प्रेमबहादुर खड्का, सचिवमा ध्रुवकुमार प्रधान र कोषाध्यक्षमा प्रमोदकुमार श्रेष्ठ चयन भएका छन् । सदस्यमा दीपेन्द्र थापा, शुभाशिष कोइराला, ज्योतिप्रसाद पौडेल, पर्शुराम निरौला र प्रवित राजवंशी सर्वसम्मत चयन भ...
मोरङको बेलबारीमा घरनजिकै पुरुष मृत फेला 

मोरङको बेलबारीमा घरनजिकै पुरुष मृत फेला 

विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ त्रिवेणी चोकमा एक पुरुष मृत फेला परेका छन् । सोही स्थानका ५० वर्षीय शेरबहादुर खड्का मृत फेला परेका हुन् । सोमबार साँझ स्थानीयले घरदेखि करिब सय मिटर टाढा खड्कालाई मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनको मृत्युको कारण खुल्न बाँकी छ । शव पोष्टमार्टमका लागि झापा स्थित दमक अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प...
त्रिधार्मिकस्थल हलेसीमा भारतीय दर्शनार्थीको भीड

त्रिधार्मिकस्थल हलेसीमा भारतीय दर्शनार्थीको भीड

खोटाङ । खोटाङमा अवस्थित विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुँइचो लाग्न थालेको छ । ‘बोलबम’ मेला सुरु भएसँगै गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनहरूको घुइँचो लाग्न थालेको हो । मेलाको पहिलो दिन आज १२ हजार चार ७५ जना दर्शनार्थीले मन्दिर दर्शन गरेका छन् । हलेसी विकास समितिका अनुसार जसमध्ये सबैभन्दा धेरै भारतीय दर्शनार्थी छन् । तराईबाट हलेसीसम्म आउने सडक विस्तार भएपछि बोलबम मेलामा...
झापामा घरमा लागेको आगो निभाउने क्रममा चार जना घाइते 

झापामा घरमा लागेको आगो निभाउने क्रममा चार जना घाइते 

विराटनगर । झापाको हल्दीबारी गाउँपालिका-४ स्थित घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा एकै परिवारका चार जना घाइते भएका छन् । आज बिहान रोटी पकाउने क्रममा ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा आगलागी भएको हो । तीन तले पक्की घरको दोस्रो तालको भान्सा कोठामा बिहान ८ः४० बजेतिर ग्यासबाट आगलागी भएको झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । आगो निभाउने क्रममा पुण्यप्रसाद, उनका छोरा...
ओखलढुङ्गाका चार हजार बढी घर पहिरोको जोखिममा

ओखलढुङ्गाका चार हजार बढी घर पहिरोको जोखिममा

ओखलढुङ्गा । ओखलढुङ्गाका चार हजार बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको अनुमान गरिएको छ । आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेको अनुमान गरिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार विपद पूर्वतयारी तथा प्रतिकार्य योजना-२०८१ का अनुसार जिल्लामा तीन हजार नौ सय चार घर पहिरो र एक सय ४३ घर बाढीजन्य विपद्को जोखिममा छन् । स्थानीय तहहरूले जिल्ला विपद् व्यवस्थापन समितिला...
एक वर्षमा मोरङका ९८ जनाले त्यागे नेपाली नागरिकता, ८ वटा रद्द

एक वर्षमा मोरङका ९८ जनाले त्यागे नेपाली नागरिकता, ८ वटा रद्द

विराटनगर । एक वर्षको अवधिमा मोरङका ९८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार ९८ जनाले नागरिकता परित्याग गर्दा ८ वटा नागरिकता रद्द भएका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २७ हजार एक सय २१ जनाले वंशजको आधारमा नागरिकता लिएका छन् । कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार एक हजार...
सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर दुई हजार तीन सय २...
केराबारीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा क्रसरका कामदारको मृत्यु

केराबारीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा क्रसरका कामदारको मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ आमजुँगीमा रहेको महादेव क्रसरमा ‘वेल्डिङ’ गर्ने क्रममा करेन्ट लाग्दा कामदारको मृत्यु भएको छ । गोरखाको गण्डकी गाउँपालिका घर भएका ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको हो । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार चेपाङलाई सोमबार राति १० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रति...
धरानबाट गाँजासहित दुई जना पक्राउ

धरानबाट गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-७ का २४ वर्षीय सुरेश खत्वे र इटहरी-८ का २० वर्षीय तुलसी पासवान छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार सोमबार साँझ धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको बस चेकजाँच गर्दा गाँजा फेला परेको हो । बसको डिकीमा दुई वटा झोलामा लु...
जबरजस्ती करणीपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई जन्मकैद

जबरजस्ती करणीपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई जन्मकैद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ मा बलात्कारपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई आजीवन कैद हुने भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार २२ वर्षीय अनिष सरदारलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४१ अन्तर्गत जन्मकैदको फैसला गरेको हो । सरदारले बलात्कारपछि भतिजी ७ वर्षीया आत्तिका सरदारको हत्या गरेका थिए । घटना लुकाउनलाई हत्या गरेर फालेको अवस्थाम...
सुरुङभित्र करेन्ट लाग्दा अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

सुरुङभित्र करेन्ट लाग्दा अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका-२ का ४० वर्षीय करणधर पौडेल छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई चिचिला गाउँपालिका-३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थ...
फेक अडियो प्रकरणमा दोषी ठहर भएका तिम्सिना इटहरीबाट पक्राउ

फेक अडियो प्रकरणमा दोषी ठहर भएका तिम्सिना इटहरीबाट पक्राउ

विराटनगर । फेक अडियो प्रकरणमा सर्वोच्च अदालतबाट ६ महिना कैदको फैसला सुनाइएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् । सर्वोच्चको फैसलापछि फरार रहेका तिम्सिनालाई प्रहरीले आइतबार इटहरी-५ पचरुकीबाट नियन्त्रणमा लिएको हो । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा सर्वोच्च अदालतले कैदको फैसला सुनाएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी ...
स्वास्थ्य संस्थालाई ७ दिनभित्र मापदण्ड पूरा गर्न स्वास्थ्य मन्त्रालय कोशीको निर्देशन

स्वास्थ्य संस्थालाई ७ दिनभित्र मापदण्ड पूरा गर्न स्वास्थ्य मन्त्रालय कोशीको निर्देशन

विराटनगर । कोशी प्रदेशमा सञ्चालित विभिन्न गैरसरकारी, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूलाई मापदण्ड पूरा गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय कोशीले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले सात दिनभित्र मापदण्ड पूरा गर्न निर्देशन दिएको हो । मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रामहरि रेग्मीले जारी गरेको सूचनामा तोकिएको समयमा मापदण्ड पूरा नगरेको खण्डमा जनस्वास्थ्...
सप्तकोसी नदीमा नुहाउन पसेका एक बालक बेपत्ता

सप्तकोसी नदीमा नुहाउन पसेका एक बालक बेपत्ता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोसी नदीमा नुहाउन पसेका बालक बेपत्ता भएका छन् । भोक्राहा नरसिंह गाउँपालिका-१ का ११ वर्षीय दीपेश मेहता नदीमा बेपत्ता भएका हुन् । तीन जनासँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएका र दीपेश बेपत्ता भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाको भनाइ छ । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ । हालसम्म उनीलाई फेला...
पोखरामा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक वृद्धाको मृत्यु भएको छ । चरक अस्पतालमा उपचाररत वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी उनलाई असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य जटिल बन्दै गएपछि उपचारकै क्रममा साउन ४ गते आइतबार मृत्यु भएको निर्देशनालयले जनाएको छ । वृद्धामा उच्च रक्तचाप ...
error: Content is protected !!