
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला आठ हजार रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार पाँच सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला चार हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













