
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन् । नेता प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गते बेलुका स्वदेश फर्कने भएका हुन् ।
देउवा उपचारका लागि चुनावअघि सिंगापुर गएका थिए । त्यहाँबाट उनी थप उपचारका लागि हङकङ गएका छन् । उनी हङकङबाट स्वदेश फर्कन लागेका बताइएको छ ।
यसअघि देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी पनि गराएका थिए । देउवा दम्पतीमाथि गत वर्ष भदौ २४ गते निवास बूढानीलकण्ठमा आक्रमण भएको थियो ।

संगालोखबर 













